प्रचण्डको तेस्रो पत्रले हुने भो वार्ता

Read Time:1 Minute, 49 Second

उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलसँग आज वार्ता गर्ने भएको छ । समितिले आज मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको हो ।

आज समितिको कार्यालय नयां बानेश्वरमा  हुने वार्तामा असन्तुष्ट दलहरूले राख्दै आएका सबै मागका विषयमा छलफल हुने बताइएको छ । संविधानसभाको आकार बढाउनुपर्ने, दलीय नेतृत्वको सरकारले चुनाव गराउनुपर्नेलगायतका विभिन्न मागहरू असन्तुष्ट दलहरूले राख्दै आएका छन् । उच्चस्तरीय राजनीतिक समितिका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक पत्र लेखेपछि असन्तुष्ट दलहरू वार्तामा बस्न तयार भएका हुन् ।

विहान ११ बजे मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासंग , १२ बजे  सङघीय समाजवादी पार्टीसंग र दिउंसो एक बजे नेकपा–माओवादी नेतृत्वको मोर्चासंग वार्ता हुने छ । आगामी मङसिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न गराउन राजनीतिक वातावरण बनाउन समितिले गम्भीरताका साथ वार्ता गर्ने निणर्य गरेको नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले बताए ।

गगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %