बौद्ध स्तुपामा आज बिहान आत्मदाहा गर्ने ब्यक्ति तिब्बत लासा, जेमा दाम्सुङका ३७ वर्षिय कर्मा न्यालदोन ग्याच्चो भएको खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार ग्याच्चो सन् २०११ नोमेम्बर ४ मा पैदलबाटो हुदै काठमाडौ छिरेका थिए । उनी केही समय बौद्धको तिब्बती क्याम्पमा बसेर भारतको धर्मशाला गएका थिए ।
काठमाडौ फर्किएर बौद्ध आसपासमा भिख माग्दै आएका ग्याच्चोको दुइ वटै खुट्टा चल्दैनथ्यो । हातको सहाराले हिड्ने उनी पछिल्लो समय बौद्ध आसपासमा देखिएका थिएनन् । आज बिहान आत्मदाह प्रयास गरेका उनलाई उद्दार गरि अस्पताल पुर्याईएकोथियो । महाराजगन्ज स्थित अस्पतालमा उनको मृत्यु भएको हो । यसअघि विं सं २०६९ साल फागुन २ गते बौद्धमा एक तिब्बती युवाले आगो लगाएर आत्मदाह गरेका थिए ।
गत साल यसरी आत्मदाह गरेकाथिए ।
जगन शर्मा
