कोईराला दिल्लीमा को को संग भेट्दैछन

Read Time:1 Minute, 44 Second

साताव्यापी भारत भ्रमणमा रहेका काग्रेंस सभापति सुशील कोइरालाले आजबाट उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु भएकोछ । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथ हिजो दिल्ली पुगेका कोइरालाले आज प्रधानमन्त्री मनमोहन सिंह, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेशसचिव सुजाता सिंहसंग भेट्ने कार्यक्रम छ ।

 ती सबै भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र आसन्न संविधानसभा निर्वाचनलगायत विषयमा छलफल हुने  नेकाले जनाएको छ । कोइरालाले भारत बसाइका क्रममा सत्तारुढ कग्रेस आई अध्यक्ष सोनिया गान्धी, राष्ट्रिय सभामा विपक्षी दलकी नेतृ शुष्मा स्वराज, नेपाल सोलिडारिटी कमिटीका अध्यक्ष शरद यादवसंग पनि भेट्ने कार्यक्रम छ ।

 कोइरालाले नेपालसंग सीमा जोडिएका उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव र बिहारका मुख्यमन्त्री नीतिशकुमारसंग समेत भेट्दैछन । सभापति कोइरालाले बांकेको सीमावर्ती क्षेत्रको भ्रमणमा लक्ष्मणपुर बांधका कारण नेपाली भूमि डुबानमा पर्नुको कारणबारे भारतीय पक्षसंग कुरा गर्ने बताएकाथिए ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %