गल्याङ, २० साउन
जातीय मुक्तिका लागी सङघीयता , वर्गीय मुक्तिका लागि समाजवाद , भन्ने उद्घोषका साथ स्याङजाको गल्याङमा सङघीय समाजवादी पार्टी नेपालले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीका उप महासचिव महेन्द्र थापा मगरले देशका राष्ट्रिय पार्टी भनिएका तर राषर््िट्रय चरित्र नभएको पार्टी एमाओवादी, कांग्रेस , एमाले तथा मधेसी मोर्चाले जनताको भावना कदर गर्न नसकेकाले सङघीय समाजवादी पार्टीको जन्म भएको बताए । ‘हामीलाई नेता हुनु रहर होइन् बाध्यता हो’ उनले भने । आफुले एमाले पार्टी परित्याग गरी यस पार्टीमा लाग्नुको पछाडी एमालेभित्रको चरम ब्राह्मणवादको उपज भएको आरोप लगाए ।
यस्तै अर्का केन्द्रीय सदस्य पान वहादुर भुजेलले सङघीयताले देश टुक्रन्छ भन्नु देश विगार्ने तत्व र आदिवासी जनजातिहरुको हित नचाहनेहरुको चलखेल भएको आरोप लगाए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रेम नेपाली, कास्की अध्यक्ष दिपक तामाङ, स्याङजा सयोंजक दिलिप थापा मगर , स्याङजा क्षेत्र न ३ का सयोंजक दिल वहादुर थापा मगर , पार्टीका पोखरा उ.म.पा. सदस्य कृष्ण गुरुङ , नरेश थापा मगर , आदिवासी जनजाति विद्यार्थी महासंघ स्याङजाका विनोद रखाली मगर , सु तेज वहादुर थापा मगर , सु यौवहादुर थापा मगर , सुनारायण थापा मगर , खडक राना मगर लगायतले बोलेकाथिए । चन्द्र वहादुर रखाली मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन विनोद खवास मगरले गरेका थिए ।
विनोद रखाली मगर
समाजवादीको गल्याङमा अन्र्तक्रिया
Read Time:2 Minute, 18 Second
