दुई जनजाति दल एकिकरण, चुनाव विथोल्ने धम्की

Read Time:5 Minute, 55 Second

संघीय समाज पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवम रकम चेम्जाङले यथास्थितिमा दोस्रो संविधान सभाको निर्वाचन गराए मोर्चावन्दी गरेर प्रतिवाद गर्ने चेतावनी दिएकाछन् ।
संघीय समाज पार्टी नेपाल र  मञ्च संवद्ध संघीय लिम्वुवान राज्य परिषद (लोकतान्त्रिक)को संयुक्त रुपमा सुनसरीको धरानमा भएको पार्टी एकिकरण कार्यक्रममा उनले सो चेतावनि दिएका हुन् । उनले सरकारले आफ्ना मागहरुको सुनुवाइ नगरी यथास्थितिमा निर्वाचन गराए निर्वाचन विरोधी शक्तिहरुसँग मोर्चावन्दी गरेर निर्वाचन गराउनेहरुको प्रतिवाद गर्ने उनले चेतावनि दिए ।


उनले ११ वुदे राजनीतिक सहमति र र २५ वुदेँ वाधा अडकाउ फुकाउको सहमति खारेज गरी सर्वदलीय सरकार गठन गरेर मात्र चुनाव गरेमात्र आफुहरु सहभागी हुने स्पष्ट पारेका थिए । संविधान सभाको निर्वाचनको विकल्प नभएको वताउदै चारदलीय सिण्डीकेटले गर्ने निर्वाचन निष्पक्ष नहुने उनको आशंका थियो ।
सार्थक संविधान सभाका लागि संघर्ष र संघर्षकै वीचमा संगठन निर्माण र संघर्षकै वीचवाट संविधान सभाको निर्वाचन आफ्नो पार्टीको तत्कालको कार्यनीति भएको उनको भनाइ रहेको थियो । राष्ट्रियता कमजोर भएको वताउदै पहिचान सहितको संघीयताले मात्र राष्ट्रियता वलियो हुने भएकोले त्यसका लागि संघीयता पक्षहरु एक हुनुको विकल्प नभएको उनको तर्क थियो ।
सोही कार्यक्रममा वोल्दै राष्ट्रियता कमजोर वनाउनका लागि विदेशीहरु लागेको आरोप लगाउदै विदेशी दलालीको पक्षपोषण गर्दा राष्ट्रियता जोगिन नसक्ने मात्र नभइ लोप भएर जाने स्पष्ट पारेका थिए । आफ्नो पार्टीलाई पनि दिल्लीको निम्ता आएको खुलाशा गदै अरु पार्टी दिल्लीको निम्ता मानेर राष्ट्रियता माथि लात मारेपनि आफ्नो पार्टीले भने राष्ट्रिय स्वाभिमानलाई जोगाउनका लागि भएपनि विदेशीको लोभमा नलागेको स्पष्ट पारेका थिए । चेम्जोङले काग्रेस र एमाले र एमाओवादीबाट राष्ट्रियता वलियो नहुने उनले ठोकुवा समेत गरेका थिए ।


त्यस्तै अर्का उपाध्यक्ष रिजवन अन्सारीले मुलुकलाई परिवर्तनको लागि एउटा परिवर्तनकारी शक्ति आवस्यक रहेको वताउर्दै त्यो शक्ति आफूहरुले निर्माण गर्न लागेको वताए । मुलुकलाई परिवर्तन गर्नका लागि आफ्नो पार्टी एक मात्र विकल्प भएको. उनको जिकिर रहेको छ ।समाजवादीले लिएको वाटो मात्र सही भएको तर्क गदै उनले त्यहीवाट लक्ष्य प्राप्ती हुने भएकोले विनाशर्त पार्टीमा आउन अन्य पार्टीका नेताकार्यकर्ताहरुलाई समेत आग्रह गरेका थिए ।
त्यस्तै मञ्च संवद्ध संघीय लिम्वुवान राज्य परिषद (लोकतान्त्रिक) का केन्द्रीय अध्यक्ष लोकसागर सावाले पहिचान सहितको संघीयता तुहाउनका लागि देशी विदेशी शक्ति लागेको आरोप लगाउदै जनताको शासन व्यवस्था स्थापना गर्नको लागि ज्यानको वाजि लगाएर भएपनि आफुहरु लडने वताए ।
परिषदका महासचिव डम्वर खजुमले पहिचानको आन्दोलनलाई अघि वढाउन जस्तो सुक चुनौति सामाना गर्न पनि तयार रहेको वताए । समाजवादीका केन्द्रीय सदस्य एव्म सुनसरी इन्चार्ज भीम राईले पहिचान कायम गर्ने कुराको एजेण्डालाई निर्वाचनसँग जोडन नमिल्ने वताए । त्यसैगरी केन्द्रीय सदस्य एव्म सुनसरी सह–इन्चार्ज दुर्गामाया लिम्वुले संघीयतावादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएकी थिइन् ।
दुइपार्टीवीच एकिकरण पश्चात परिषदकका अध्यक्ष लोकसागर सावा केन्द्रीय सदस्य हुनेछन् भने अन्य पदाधिकारीहरुलाई भने केन्द्र वाहेकको जिम्मेवारी दिने आन्तरीक सहमति भएको वताइएको छ ।
समाजवादी पार्टीका सुनसरी अध्यक्ष गजेन्द्र इस्वोको अध्यक्षतामा भएको सो घोषणा सभामा उपाध्यक्ष पारस काङमाङले स्वागत मन्तव्य गरेका थिए भने अर्का उपाध्यक्ष विजय लिम्वुले एकता घोषणाको पत्र वाचन गरेका थिए ।
दुइपार्टीहरुले स्थापनाकाल देखि नै पहिचान सहितको संघीयताको सवाललाई आफ्नो मुल मुद्धा वनाउर्दै आएका थिए ।

भैरब आङ्ला, धरान
तस्वीर सौजन्य ः विजय लुम्फुङवा लिम्वू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %