झापाको दमकमा आदिवासी, जनजाति संग्रहालय निर्माण हुने भएको छ । आदिवासी, जनजातिहरुको कलासंस्कृति जगेना गर्ने उद्धेश्यले संग्रहालय बनाउने तयारी गरिएको नेपाल आदिवासी, जनजाति महासंघ दमक नगर समन्वयन परिषदका सचिव पदम जवेगुले जानकारी दिए ।
संग्रहालयका लािग करिब ५ करोड रुपैयाँको लागतमा ५ कोठे व्यवस्थित भवन निर्माण थालिने भएको छ । जसका लागि दमक नगरपालिकाले २१ लाख २५ हजार रुपैयाँमा ५ कठ्ठा जमिन खरिद गरिदिएको छ । संग्रहालय निर्माण गर्न दमक–११ का गगन पुरीले ३ कठ्ठा जग्गा र दमक–१३ का देउप्रसाद लिम्बूले १ कठ्ठा जग्गा निःशुल्क उपलव्ध गराएका छन् ।
भैरब आङ्ला, धरान
