यानीमाया र सालेजोमा नाचे बुटवलबासी

Read Time:1 Minute, 54 Second

बुटवल १९ श्रावण मगर कला र सांस्कृतिक संरक्षण मंच नेपाल केन्द्रीय समिति,बुटवलले आयोजना गरेको दुई दिने यानीमाया सांस्कृतिक कार्यक्रम आज बुटवलमा सकिएको छ । मगर कला र संस्कृति जगेर्ना गर्न तथा बुटवलमा मगर सांस्कृतिक संग्राहलय निर्माणका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रम आज सकिएको हो । बुटवल ६ हाटबजारस्थित कान्ति सभागृहमा राखिएको सांस्कृतिक कार्यक्रममा आज वरिष्ठ लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार कृष्ण थापामगर, हरिकला घर्तिमगर, डी.बी. सिंजालीमगर र रोशन गलामीमगर तथा स्थानीय कलाकार प्रेमकला रोकामगर लगायतले दर्शकलाई मंचमै छमछम नचाउंने गरि आफ्नो प्रस्तुति दिएकाथिए । प्रचण्ड गर्मीमा पनि उनीहरुको प्रस्तुतिले दर्शकहरुलाई निकै मनोरन्जन दिलाएका थियो ।

उल्लेख्य दर्शकहरुको सहभागीता रहेको कार्यक्रममा सोरठी, सालैजो, यानीमाया, सुनीमाया, कौडा, मारुनी नांच, घांटु, ठाडो भाका, लोक दोहोरी लगायतका गीत तथा नृत्य पनि प्रस्तुत गरिएका थिए । कार्यक्रमको संचालन मंचका केन्द्रीय अध्यक्ष रोशन गलामीमगरले गरेका थिए । मंचले मगरहरुको महान चांड माघे संक्रान्तिका अवसरमा माघ १ देखि ५ गते सम्म बुटवलमा बृहत मगर सांस्कृतिक महोत्सव गर्ने पनि जनाएको छ । देव पचभैया, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %