३ बुदे दमक घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी झापाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । झापाको दमकमा सम्पन्न छैठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पर्शुराम मगर चुनिएकाछन । मगरको अध्यक्षतामा २२ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको हो । समितिको महिला उपाध्यक्षमा पार्वता माङमु, उपाध्यक्षद्धयमा लाल बहादुर खजुम, भरत सिंह राई, सचिवमा अमिर राई, उपसचिवमा पदम कन्दङवा र कोषाध्यक्षमा मान बहादुर राई चुनिएका छन् । समितिको सदस्यहरुमा भूतराज आले, अमृता चेम्जोङ, यम बहादुर कटुवाल, बिष्णु कुमार राजवंशी, गोपाल चौधरी, गुनीराज राजवंशी, तारा राजवंशी, सुक बहादुर सोदेम्बा, दिलिप राई, डकमाया थापा, मनकुमारी राई र सरस्वती राई चयन भएकाछन् ।
निर्वाचित समितिले दमकमा पत्रकार सम्मेलन गर्दै पार्टीले आसन्न संविधानसभाको निर्वाचनलाई शुनिश्चितता दिलाउन माग अघि सारेको छ । पार्टी अधिवेशनपछि ३ बुदे दमक घोषणापत्र जारी गर्दै आगामी संविधानसभाको निर्वाचनबाट निर्णायक शक्तिका रुपमा स्थापित गराउने उल्लेख गरिएकोछ ।
नवनिर्वाचित अध्यक्ष मगरले मुलुकलाई दिशाहिनबाट मुक्त गराउन निर्वाचनको विकल्प नभएकोले सरकारले निर्वाचनको वातावरण बनाउन माग गरे ।
दुई दिनसम्म चलेको सो अधिवेशनको पार्टी सह–अध्यक्ष श्रवणकुमार लिम्बुले उद्घाटन गरेकाथिए । उद्घाटनमा पार्टी महासचिव केशव सुर्यवंशी लगायतले बोलेकाथिए ।
आनन्द गुरुङ
निर्णायक शक्ति बन्ने जनमुक्तिको झापा घोषणा
Read Time:2 Minute, 9 Second
