नेताहरुसंग राष्ट्रपतिको भेट बाक्लियो

Read Time:2 Minute, 37 Second

राष्ट्रपति रामवरण यादवले तोकिएकै समयमा निर्वाचन गर्न दलहरुसँग आग्रह गरेकाछन् । आज बिहान उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवम् एमाओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा राष्ट्रपति यादवले आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन दलहरु जुट्नुपर्ने बताएकाहुन्  । राष्ट्रपति यादवलाई भेट्न बिहान शितल निवास पुगेका अध्यक्ष प्रचण्डसँग निर्वाचन वातावरण बनाउने र असन्तुष्ट दलहरुलाई वार्तामा ल्याई समस्या समाधान गर्ने बिषयमा हालसम्म भएका प्रयास र उपलब्धीबारे राष्ट्रपतिलाई जानकारी गराएको अध्यक्ष प्रचण्डले बताए ।
भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्रले असन्तुष्ट बैद्य समूहसँग वार्ताको प्रयास भइरहेको पनि जानकारी दिएकाथिए । संयोजक प्रचण्डले आजै मंसिर ४ गते संविधान सभाको निर्वाचन सम्पन्न गर्ने बिषयमा मन्त्रपिरिषद् अध्यक्ष खिलराज रेग्मीसंग पनि भेटवार्ता गरेकाथिए । अध्यक्ष रेग्मीसंगको भेटपछि प्रचण्ड सिधै राष्ट्रपति निवास पुगेकाथिए । त्यसैगरी, आजै एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरे । राष्ट्रपतिसंगको भेटमा आपूmले भारत भ्रमणबारे जानकारी गराएको नेपालले जानकारी दिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री तथा नेताहरुले नेपालमा निर्धारित समयमै निर्वाचन भएको हेर्न चाहेको कुरा जानकारी गराएको नेता नेपालले सञ्चाकर्मीलाई बताएकाथिए ।
त्यसैगरी सबै राजनीतिक दलहरुलाई सहमतीमा ल्याएर निर्धारित समयमै संविधान सभाको निर्वाचन गर्नु नेपाल र नेपालीको हितमा भएको भारतीय नेताहरुले बताएको कुरा राष्ट्रपतिलाई जानकारी गराएको बताए । पछिल्लो समय राष्ट्रपति यादवले विभिन्न दलका शीर्ष नेताहरुसँगको भेट तीब्र बनाईरहेकाछन् ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %