बुटवल, साउन १५ राष्ट्रिय जनमुक्ति पार्टी वडा इकाई समिति केरवानी—२, लक्ष्मीटोल रुपन्देहीका अध्यक्ष विजय घिमिरेको १३ औं दिनको पुण्यतिथिमा शनिबार श्रद्धान्जलीसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद् सदस्य दल बहादुर विरकट्टा मगरको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमका विशिष्ट अतिथि दलित मोर्चाका केन्द्रीय उपाध्यक्ष विर बहादुर नेपाली थिए । अन्य अतिथिहरूमा राष्ट्रिय जनमुक्ति पार्टी निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष धन बहादुर थापा मगर, राष्ट्रिय भूपू सैनिक संगठन रूपन्देहीका जिल्ला सदस्य सन्त बहादुर सारू मगर, राष्ट्रिय भूपू सैनिक संगठन निर्वाचन क्षेत्र नं. १ का सचिव बुद्दि बहादुर राना मगर, राष्ट्रिय भूपू सैनिक संगठन केरवानी गाउँ समितिका अध्यक्ष मन बहादुर थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टी गंगोलिया गाउँ समितिका अध्यक्ष छविलाल थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टी सिक्टहन गाउँ समितिका अध्यक्ष धन बहादुर गुरूङ्ग, दलित मोर्चा रूपन्देहीका जिल्ला अध्यक्ष नन्दलाल वि.क., राष्ट्रिय युवा मोर्चा निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष निरोज राना मगर एवं दलित मोर्चा निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष चोप बहादुर वि.क. रहेका थिए । स्व. विजय घिमिरे आफ्नो जीवनकालभर संघीयता पक्षधर भएर पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, धर्मनिरपेक्षता र जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भन्ने सिद्धान्तलाई आत्मसात गर्दै पार्टीलाई प्रगतिको सुमार्गतर्फ लैजान निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा घिमिरेको परिवारलाई गाँउबाट उठेको आर्थिक सहयोग ६ हजार ७ सय ३० रूपैयां प्रदान गरिएको थियो भने श्री किसान बहुउद्देश्यीय सहकारी संस्था केरवानीले २ हजार ५ सय रूपैयां सहयोगस्वरूप प्रदान गरेको थियो । करीव ४५ जनाको सहभागिता रहेको उक्त कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी केरवानी गाउँ समितिका अध्यक्ष हुम बहादुर दिसुवा मगरको अध्यक्षतामा र समितिका सचिव भिम बहादुर विरकट्टा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । संघीय समाचार, बुटवल
जनमुक्तिका घिमिरेलाई श्रद्धान्जली सहित आर्थिक सहयोग
Read Time:3 Minute, 24 Second
