निर्वाचन क्षेत्र निर्धारण आयोगको समायावधि सकिन ६ दिन मात्रै बांकी रहंदा आयोगमा तीब्र विवाद भएपछि एक जना सदस्यले राजीनामा दिएका छन् । क्षेत्र निधारणका विषयमा आयोगका सदस्यबीचमा कुरा नमिल्दा बिवाद भएपछि आयोग सदस्य डा.मधुनिधि तिवारीले राजीनामा दिएका हुन् । उनले १० साउनमै राजीनामा दिएको भएपनि मन्त्रिपरिषद्का अध्यक्षको कार्यालयले राजिनामा पत्र गोप्य राखेको थियो । उनको राजिनामा पछि नेपाल सरकार मन्त्रीपरिषद्को सोमबार बसेको आकस्मिक बैठकले आयोगको सदस्यमा प्रा.प्राध्यापक डा. चुडाराज उप्रेतीलाई नियुक्त गरेको छ ।
बिज्ञप्ति पढ्नोस-
।
आयोगको थपिएको समायावधि सकिन ६ दिन मात्रै बांकी रहदा आयोगका सदस्य डा.तिवारीले राजिनामा दिएपछि उनको स्थानमा उप्रेतीलाई नियुक्त गरिएको मन्त्री परिषद् अध्यक्षको कार्यालयले जनाएको छ । नेपालको अन्तरिम संविधान २०६३को धारा १५४ उपधारा १ बमोजिम आयोग नेपाल सरकार मन्त्रिपरिषद्बाट जेठ ३० गते गठन गरिएको थियो । जनसंख्याको आधारमा क्षेत्र निर्धारण गरिनुपर्ने भदै मधेसी दलहरुले असन्तुष्टि जनाउंदै आएका छन् ।
जगन शर्मा
