राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति तेह्रथुमले आगामी मंसिर ४ गते हुने दोश्रो संविधानसभाको निर्वाचनका लागि उम्मेद्धवारी घोषणा गरेको छ । जनमुक्ति पार्टीको जिल्ला कार्य समितिले प्रेस बिज्ञप्ति जारी गर्दै उम्मेद्धवारी घोषणा गरेको हो । म्याङ्लुङ्गस्थित जिल्ला पार्टी कार्यालयमा बसेको दशौं पूर्ण बैठकले प्रत्यक्षतर्फ विष्णु थाम्देन र समानुपातिकतर्फ रामबहादुर तुम्बाहाम्फेलाई उम्मेद्धवारी चयन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र तुम्बाहाम्फेले जानकारी दिएकाछन् ।
बैठकले प्रत्यक्षतर्फको बैकल्पिकमा पार्टीका जिल्ला उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र समानुपातिकको बैकल्पिकतर्फ जिल्ला उपाध्यक्ष हर्कप्रसाद खवाहाङ्गको नाम सिफारिस गरेकोछ । बैठकले १ सय ३३ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेको छ । यसैगरी ५ सदस्यिय प्रचार–प्रचार समिति, ३ सदस्यिय संचार विभाग, ५ सदस्यिय आर्थिक विभाग गठन गरेको अध्यक्ष तुम्बाहाम्फेले जानकारी दिए ।
भैरब आङ्ला, धरान
जनमुक्ति पार्टी तेह्रथुमको उम्मेद्धारी घोषणा
Read Time:1 Minute, 42 Second
