संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नेताहरुको दिल्ली दैोडाहप्रति लक्षित गर्दै ‘मध्य वर्खामा छाता ओढेर जनताको घरदैलोमा जानुपनमा लाम लागेर विदेश धाइरहेका छन् यो मुलुक र जनताका लागि बिडम्बना हो ।’ हेटौंडामा भएको कार्यक्रममा थापाले भने, मुलुक अत्यन्त तरल अवस्थामा पुगेको तर मुलुक र जनताको वेवास्ता गर्दै आफ्नो दुनो सोझ्याउन पालैपाले दिल्ली धाउनु राम्रो संकेत नभएको उनको भनाई थियो । अध्यक्ष थापाले भने, ‘चार दलका नेता वैद्य पक्षको भावनालाई समेट्नुका साटो धम्कीपूर्ण भाषा बोल्दैछन् । बहिष्कार गर्नेलाई प्रतिकार गर्ने, वाइसीएल लगाउने, सेना प्रयोग गर्ने कार्य कानुनी राज्यको ठाडो उपहास हो ।”
चुनाव बिथोल्ने योजनासाथ मुलुकको सबै जिल्लामा युवा दस्ता बनाउँदै हिंडेको नेकपा–माओवादी र वाइसिएल प्रयोग गरी प्रतिकार गर्ने एमाओवादी दुवै गलत भएको थापाको कथन थियो। ‘चुनाब बिथोल्नु र शक्ति प्रयोग गरी दमन गर्नु उपयुक्ते हैन”, थापाले भने । वैद्य पक्षलाई समेटेर चुनावको उपयुक्त वातावरण बनाउनुको साटो ४ दलका नेताहरु नै धम्कीको भाषा बोलेर भड्काउने र चुनाव भाँड्ने बाटोमा अग्रसर रहेको थापाको आरोप थियो। थापाले वैद्यलाई दोष देखाएर चुनाव नगर्ने षड्यन्त्रमा ठूला दल लागेको आरोप लगाए ।
अध्यक्ष थापाले सबै राजनीतिक दलको सहभागिताबिना चुनावको सार्थकता नहुने बताए । बैद्य पक्षलाई चुनावमा समेट्न नसके चुनावै अधुरो हुने भन्दै थापाले उर्पयुक्त वातावरण बनाउन राष्ट्रपति वा मन्त्रीरिषद अध्यक्ष लाग्नुपर्ने उल्लेख गरे ।
आनन्द गुरुङ
