सरकार र चुनाव बहिष्कारमा उत्रिएका दलबीच आज वार्ता

Read Time:2 Minute, 36 Second

संविधानसभा निर्वाचनको तयारीका क्रममा सरकार र विभिन्न १८ वटा राजनीतिक दलबीच आज वार्ता हुने भएको छ । उच्चस्तरीय राजनीतिक समितिमा रहेका चार राजनीतिक शक्तिभन्दा बाहेकका र अन्य तथा साना गरी १८ वटा दलसँग सिंहदरबारमा वार्ताका लागि आज दिउँसोको समय निर्धारण गरिएको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
उनले सरकारले आगामी मङ्सिर ४ गतेको संविधानसभाको निर्वाचन सम्पन्न गराउन सबै दलसँग क्रमशः वार्ता गर्ने पनि बताए । सरकारी वार्ता तथा परामर्श समितिका सदस्यसमेत रहेका मन्त्री पौडेलले नेकपा–माओवादीलाई पनि वार्ताका लागि पुनः आग्रह गरिने जानकारी दिए ।
सरकारले वार्ता र परामर्शका लागि गृहमन्त्री माधव घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

३३ दलले आज निर्णय गर्ने
यता उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि पुनः पठाएको पत्रबारे आज नेकपा–माओवादीसहितको ३३ दलको बैठक बसेर निर्णय लिने भएको छ ।माओवादी प्रवक्ता पम्फा भुसालले समितिको पत्रबारे आज ३३ दलको बैठक बसेर वार्ता गर्ने कि नगर्ने भनेर निर्णय लिइने जानकारी दिईन ।
 समितिले पठाएको दोस्रो पत्रमा पनि संविधानसभाको निर्वाचनमा सहभागी हुन आग्रह गर्दै पत्र लेखिएकाले फेरि पनि सर्त तेस्र्याइएको अनुभव आफूहरूले गरेको भुसालको भनाई थियो । वार्ता भनिए पनि विभिन्न नियुक्ति जारी राख्नु, निर्वाचन पक्रिया अगाडि बढाइनु र सर्त राख्नुले वार्ताप्रति उच्चस्तरीय समिति गम्भीर भएको नदेखिएको उनले बताईन ।
वार्ताको तयारी भइरहेका बेला समितिका संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नै आन्दोलनरत दलहरूको प्रतिकार गर्न कार्यकर्तालाई उक्साउनुले वार्ता भाँड्न खोजिएको प्रवक्ता भुसालले जिकिर गरिन ।
आनन्द गुरुङ
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %