विश्व शाक्यलाई फोटोग्राफी पुरस्कार

Read Time:3 Minute, 58 Second

पोखरा,१३ साउन
पोखरा फोटोग्राफर संघ पोखराद्वारा संचालित रामलाल श्रीमाया फोटो ग्राफी पुरस्कार २०७० अग्रज फोटो पत्रकार तथा साहित्यकार विश्वरत्न शाक्यलाई प्रदान गरिने भएको छ । संघका सस्थापक सदस्य गणेश छवि र तीर्थ श्रेष्ठले बाबु आमाको सम्मानमा स्थापना गरिएको पुरस्कारको राशी ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । गणेश छवि र तीर्थ श्रेष्ठले एकलाख एघारहजार एकसय एघार रुपैयाँ अक्षयकोष स्थापना गरेका छन् ।
संघका संस्थापक सदस्य जयन्दराज भण्डारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको शनिबार बसेको बैठकको सिफारिसलाई आधार मानेर संघको शनिबारै बसेको कार्यसमितिको बैठकले अग्रज फोटो पत्रकार शाक्यलाई पुरस्कृत गर्ने निणय गरेको हो । छानोट समितिमा पत्रकार कृष्णप्रसाद बास्तोला, संघको तर्फवाट अध्यक्ष दुर्गाप्रसाद पौडेल,सचिव गुरुप्रसाद तिवारी, सदस्य इश्वर थापा, अक्षयकोष दाताको तर्फवाट तीर्थ श्रेष्ठ र फोटो ग्राफी पक्षबाट कृष्णमणि बराल रहेका थिए ।
१५ वर्ष निरन्तर फोटो ग्राफी पेशा गरेको, ४० बर्ष उमेर नाघेको, राष्टिय अन्तराष्ट्रिय रुपमा फोटो ग्राफीको माध्यमले ख्याती कमाएको व्यक्ति हुनुपर्ने प्रावधान छ । पुरस्कार विश्व फोटोग्राफी दिवसको दिन भदौ ३ गते प्रदान गरिने संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । सोही दिन संघको आयोजनामा फोटो प्रदर्शनी पनि गरिने पौडेलले बताए ।
२००६ माघ १ गते पोखरामा जन्मेका शाक्य त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण हुन् । , कला, साहित्य, पत्रकारिता, बौद्ध साधना र समाज सेवामा सक्रिय शाक्यले हालसम्म २३ वटा कृतिहरु प्रकाशित गरिसकेका छन् । 
नेपाल टेलिभिजनको सम्बादाताको रुपमा पोखराबाट काम गरिसकेका उनी पोखराकै एक रेडियोमा कार्यक्रम प्रस्तोता समेत थिए । उनले पाखरेली कला तथा फोटोग्राफीको इतिहासमा पहिलो पटक २०२९ सालमा एकल चित्रकला प्रदशनी गरेका थिए भने २०४५ सालमा पहिलो पटक एकल फोटो प्रदर्शनी गरेका छन् ।
नेपाल ललितकला संस्था, नेपाल राजकीय प्रज्ञाा प्रतिष्ठानबाट सम्मानित उनी  युनेस्कोको आयोजनामा हुने एशिया तथा प्रशान्त क्षेत्रीय देशहरु बीचको अन्ताराष्ट्रिय फोटो प्रतियागितामा सन १९८६ दखि १९९० सम्म लगातार ५ पटक पुरस्कुत भएका थिए । उनले नपाल.पत्रकार महासंघ, कास्कीद्वारा फोटो पत्रकारितामा स्व.दयाशंकर पत्रकारिता पुरस्कार–२०६४ पनि पाएका छन् ।
कला, साहित्य, पत्रकारिता र अन्य क्षेत्रका दुइ दर्जनभन्दा बढी संघ सस्थामा सक्रिय रहेका उनी अहिले भने निवृत जीवन विताउँदै आएका छन् ।
सविता मगर पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %