पिडीखोला ः कालीगण्डकी मुनी अँध्यारो

Read Time:2 Minute, 15 Second

स्याङ्जा, १३ साउन  

नेपाल विद्युत प्राधिकरणले नेपालकै सवैभन्दा ठुलो जलविद्युत परियोजना कालिगण्डकी जलविद्युत ए अवस्थित स्याङ्जा जिल्लालाई लोडसेडिङ् मुक्त जिल्ला घोषणा गरेको महिनौ वितिसक्दा पनि जिल्लाकै पश्चिमी भेग पिडीखोलाका सवै वडाहरुका जनताहरु प्रत्येक दिन अँध्यारोमा वस्न वाध्य छन् ।

“गाँउमा वढि विजुली चाहिने समय भनेको साँझ हो , सोहि समयमा विजुली जान्छ, सधैँ अध्यारोको कुनामा वसेर खाना खानुपर्छ ” । स्थानिय चण्डी प्रा. वि पिडीखोला सल्यानका शिक्षिका रुमा रखाली मगरले गुनासो गर्नुभयो । स्थानिय वासिन्दाका अनुसार प्रत्येक दिन वेलुका ६ वजे देखि राति ९ ः ३० सम्म विजुली जाने रुटिङ् नै रहेको वताए । यति मात्र कँहा हो र धेरै जसो त अरु समयमा पनि विजुली नआएको उनिहरुको भनाई छ ।  
पिडीखोलाका स्थानिय युवाहरु केहि महिना पहिला विद्युत प्राधिकरण शाखा कार्यालय मिर्मिमा गुनासो गर्न नगएको पनि होइन तर प्राधिकरणले के के न भनि टारेको युवाहरुको आरोप छ ।

स्याङ्जा जिल्ला लोडसेडिङ् मुक्त जिल्ला भैसक्दा पनि जिल्लाको दुर्गम गाविस पिडीखोलामा कसैको नजर पुगेको छैन । चुनावका वेला विभिन्न आश्वासन दिँदै हिड्ने राजनितिक दलका नेताहरु कानमा तेल हालेर वसेका छन् । जिल्ला तहका नेताहरुलाई आफ्नो ठाँउमा विजुली चौविसै घण्टा गएपछि त्यसैमा मख्ख छन् तर वास्तविकता के के छन् वुझ्ने प्रयास कसैले गरेका छैनन् ।

विनोद रखाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %