सुरक्षाका लागि उपेन्द्रले सरकार गुहारे

Read Time:57 Second

मधेसी जनअधिकार फोरमले आफ्ना नेता कार्यकर्ताहरुको सुरक्षाको  व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । शनिबार मन्त्रिपरिषदका अध्यक्ष  खिलराज रेग्मीलाई भेटेर फोरम अध्यक्ष उपेन्द्र यादवले सुरक्षा माग गरेका हुन् । मुलुकमा सुरक्षा  व्यवस्था राम्रो नभएको र देशका आम नागरिकले असुरक्षित महसुस गरिरहेको अवस्थामा सुरक्षाको प्रबन्ध मिलाउन उनले माग गरे ।
यादवले मधेसका मागप्रति सरकार गम्भीर नभएको आरोप पनि लगाए । साउन १० गते मधेसी जनअधिकार फोरम नेपालको महोत्तरी कार्यालयमा गोली प्रहार हुंदा फोरम नेपालका जिल्ला सदस्य प्रकाश शाह घाइते भएका थिए ।
जगन शर्मा

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %