लुम्बिनी मञ्चको नेतृत्वमा पुन: श्रेष्ठ

  •  लुम्बिनी मञ्चको पाचौं अधिबेशन २७ जुलाइ शनिबार साँझ सम्पन्न भएको छ । अधिबेशनमा उपस्थित भेलाले १७ सदस्यिय नया कार्यसमितिको पदाधिकारिहरु सर्ब सम्मतिबाट चयन गरेको छ । अधिबेशन प्रकृयागत सन्चालन नभए पनि केहि रिक्त पदाधिकारिको पद पुर्तिमात्र गरिएको मञ्चमा आशिन महानुभावहरुको भनाइ थियो । मञ्चको नव मनोनित कार्यसमितिमा उपाध्यक्ष, सचिव, सहसचिव र एक जना सदस्य बाहेक अरु बाँकी सबै पदधिकारिहरु पुरनो नै यथावत कायम गरेका छन । कार्यक्रम सन्चालन निबर्तमान सचिव मिन गुरुङले गरेका थिए । नव निर्बाचित पदाधिकारी तथा समितिलाई बधाइ दिने क्रमम मगर बौद्ध समाज हङकङका अध्यक्ष प्रेम गलामी मगर, मञ्चका भु पु अध्यक्ष ठाकुर श्रेष्ठ, भु पु अध्यक्ष धर्म गुरुङ लगाएत भेलामा उपस्थित बुद्धिजिबिहरुले बधाइ दिएका थिए ।

  •  निबर्तमान तथा नव निर्बाचित अध्यक्ष राजु श्रेष्ठले मञ्चमा आबद्ध साधारण सदस्य कारीब ८० देखी १०० को हाराहारिमा रहेको बताएका थिए । फेरी पनि मलाई नै जिम्मा दिनु भएकोमा धन्यबाद नै भनु अथवा के भनु भन्दै मञ्च मेरो एकल नेतृत्वले मात्र सन्चालन नहुने कार्य समिति लगाएत सम्पुर्ण भु पु पदाधिकारी तथा साधारण सदस्यहरुको पनि सहयोग चाहिन्छ भनि थोरै आक्रोस जनाउदै कार्यक्रमको पहिलो सत्र समापन गरेका थिए ।

  • निर्बाचित कार्यसमिती अध्यक्ष: राजु श्रेष्ठ उपाध्यक्ष: टोपचन पुन सचिव: भरत थापा सहसचिव:  रोशन गुरूङ कोषाध्यक्ष: यम लाल कडेंल सहकोषाध्यक्ष: ज्ञानेन्द्र कुमार थापा सदस्यहरू: भबिसरा गुरूङ, जिवन दर्लामी, बिकाश राइ, मोहन राना, देबिन थापा, शुरेश गलामी, मदन थापा, किशोर क्षत्री, सुमन किशोर पुन, राज कुमार गुरूङ, रबि गुरूङ रहेका छन

  • गणेशजँग राना मगर,हंगकंग ।