गुण्डा नाइके चरी भनिने दिनेश अधिकारीलाई अबैध हतियार प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । चरीलाई प्रहरीले अबैध हतियार प्रयोग गरेर लुटपाटका घटनामा सग्लन रहेको भन्दै शनिबार राजधानीको सोह्खुट्टेबाट पक्राउ गरेको हो । आपसी लेखदेनको कुरा नमिलेपछि चरिलाई गोली हान्ने राधे भन्ने व्यक्तिले चलाएको पेस्तोल चरीको भएको भन्ने बयान दिएपछि प्रहरीले चरीलाई पक्राउ गरेको हो । 
चरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । गणेश लामा, दिपक मनाङ्गे लगायतका गुण्डाका नाइकेहरुलाई यसअधिनै पक्राउ गरी थुनामा राखी मुद्दा चलाइ सकिएको छ । सरकारले आसन्न संविधान सभाको निर्वाचनलाई लक्ष्यगरी शान्ति सुरक्षा कायम गर्न आपराधीक गतिविधिलाई न्यूनिकरण गर्न डनहरुमाथि कडा निगरानी राख्न शुरुगरेको छ ।
आनन्द गुरुङ
