सरकारले मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन मिति घोषणासँगै दलहरूले निर्वाचन केन्द्रित गतिविधिहरू सक्रिय बनाएका छन् । एकीकृत नेकपा माओवादी यतिबेला जनसम्बन्ध अभियान चलाइरहेको छ भने नेकपा एमालेले पहिलो चरणको अभियान सिध्याएको छ । त्यसैले नेपाली कांग्रेस पनि निर्वाचनको तयारीमा जुटेको छ । 
नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी पार्टी कार्यालय सानेपामा शनिबारबाट राष्ट्रिय प्रशिक्षक कार्यक्रम सञ्चालन गरेको छ । कांग्रेसले संविधानसभाको निर्वाचनलाई केन्द्रमा राखेर प्रशिक्षण कार्यक्रम शुरु गरेको हो । यो प्रशिक्षणले नेपाली कांग्रेसको पक्षका जनमत जित्न सफल हुने सभापति सुशील कोइरालाको दाबी छ ।
संविधानसभा निर्वाचनको मिति घोषणा र निर्वाचन आयोगले आचार संहिता लागू गरे सँगै जनतामा उत्साह बढेकाले आफूहरू जनतालाई वर्तमान राजनीतिको बारेमा जानकारी दिन स्थानीय स्तरसम्म लाग्ने भएको हो । मंसिर ४ को निर्वाचन जसरी पनि सफल पार्नुपर्ने पक्ष्ँका लागेको नेपाली कांग्रेसले आफूहरूको बहुमत आएमा मात्र जनता र प्रजातन्त्रको रक्षा हुने पक्षमा छ । बहुदलीय व्यवस्थामा निर्वाचन नै अन्तिम विकल्प भएकाले सबै जिल्लामा क्षेत्र निर्धारण गरी चुनावी आधार तयार पार्न पार्टी लाग्ने भएको हो । जहा“ संविधानका अन्तरवस्तु, संघीयता, संविधासभाको विघटन, लगायतका विषयमा छलफल हुने महामन्त्री प्रकाशमान सिंहको भनाइ छ ।
जनप्रतिनिधि राज्यको व्यवस्था गर्न पनि निर्वाचन अपरिहार्य भएको कांग्रेसको बुझाइ छ । अहिले निर्वाचन बाहेक अर्को कुनै लोकतान्त्रिक बाटो नभएकाले निर्वाचनलाई कसैले पछि धकेल्न नहुने कांग्रेसको भनाइ छ । विगतको संविधानसभा निर्वाचनको समीक्षँ गर्दै कांग्रेसले अहिले आफूहरूको पक्षमा रहेको जनभावनालाई सम्बोधन गर्न केन्द्रदेखि जिल्लासम्म लाग्ने महामन्त्री कृष्णप्रसाद सिटौलाको जिकिर छ ।
प्रशिक्षणमा सहभागी नेता तथा कार्यकताले आफ्नो पार्टीले केन्द्रदेखि गाउँ स्तरसम्मका जनताको समस्या सम्बोधन गरी निरन्तर लाग्ने बताए । प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भनेको कांग्रेस मात्र भएकाले सबैले कांग्रेसलाई नै विश्वास गर्ने दावी नेपाली कॉग्रेसको छ । प्रशिक्षणमा केन्द्रीय सदस्य, प्रत्येक जिल्लाका दुई जना, जनवर्गीय संगठनलगायत तीन सय ५० जना नेता तथा कार्यकर्तासहभागी छन् । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।
आनन्द गुरुङ, काठमाण्डु
