१२ साउन
अव बन्ने संविधानमा आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न आदिवासी जनजाति एक हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुको जोड थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले शनिवार आयोजना गरेको वृहत छलफल कार्यक्रममा उपस्थित वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका कार्यवाहक अध्यक्ष दिन वहादुर दुराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा यहि साउन २५ गते विविध कार्यक्रम गरी १९ औं विश्व आदिवासी दिवस मनाउने वारे छलफल गरिदैथियो । यसपालिको दिवस महासंघसंग आवद्ध नगर तथा गाउँ समन्वय समिति, भातृ संघ संगठन आदिवासी जनजाति समुदायका ब्यक्तिहरुको उपस्थितीमा वृहत रुपमा दमौलीमा मनाईन तयारीका निम्ति भेला डाकिएको कार्यवाहक अध्यक्ष दुराले जानकारी दिए ।
कार्यक्रमम। जातजातिको कला संस्कृतिको झलक नाच प्रस्तुत गर्नुका साथै आ-आफनो जातिय पोशाकमा झाँकी सहित नगर परिक्रममा गर्दै विपि वन वाटिकामा विभिन्न कार्यक्रम गरिने दुरा बताँउछन् । यसपालि पहिलो पटक गत वर्षको प्रवेशीका परिक्षामा जिल्लामा सर्वोत्कृष्ट हुने आदिवासी जनजाति छात्र छात्रालाई सम्मान गरिने संस्थाका सचिव सनम तामाङ्गले जानकारी दिए । सो छलफल कार्यक्रमम आदिवासी जनजाती महासंका पुर्व अध्यक्ष तथा सल्लाहकार हरि सिङ्ग गुरुङ्ग, यम वहादुर आले , संस्थाका सचिव सनाम तामाङ्ग ,कोषाध्यक्ष तारा राम श्रेष्ठ , तमु छोज धिका कार्यवाहक अध्यक्ष रक वहादुर गुरुङ्ग, किरात समाजका अध्यक्ष धिरेन्द्र राई , नेपाल मगर संघका अध्यक्ष ईन्द्र थापा , नेवाःखल तनहुँका सचिव शंकर कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति शिक्षक संघका अध्यक्ष नन्दु वहादुर थापा , आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतकाले वोलेका थिए ।
दिवसलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न महासंघका कार्यवाहक अध्यक्ष दुराको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ७ वटा उप समिती गठन गरिएको छ । उप समिति तथा संयोजकहरुमा स्वागत तथा ब्याच वितरण संयोजक मिना थापा, ,प्रचारप्रसार संयोजक फोनिज तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ , सांस्कृतिक संयोजक चाम वहादुर गुरुङ्ग,झाँकी तथा र्याली ब्यवस्थापन संयोजक क्या. खिल वहादुर थापा , युवा तथा स्वंयमसेवक परिचालन संयोजक सिदान्त थापा , सम्मान तथा प्रशंसा पत्र वितरण संयोजक नन्दु वहादुर थापा , मञ्च निर्माण तथा ब्यवस्थापन उपसमितिको संयोजकमा मिना थापा चयन भएकाछन् ।
खडक आले मगर, तनहुँ
