गाँउ गाँउ गई भन्नोस हामी जनजाति विरोधि हैनौं- कोईराला

Read Time:3 Minute, 3 Second

जनजाति विरोधीको आरोप खेप्दै आएको नेपाली कांग्रेस आफ्नो छवि संग्लाउन तीन दिने प्रशिक्षणमा जुटेको छ । केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले  आयोजना गरेको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रममार्फत कांग्रेसले आफुहरु जनजाति विरोधी नभएको बताउन प्रशिक्षकहरु तयार गर्नेछ ।

सभापति सुशील कोइरालाले उद्घाटन गरेको प्रशिक्षण पार्टी मुख्यालय सानेपामा चलिरहेको छ । उद्घाटन सञमा बोल्दै सभापति सुशील कोइरालाले जनजातिको पक्षमा आफुहरु रहेपनि गलत अफ्वाह फैलाइएकाले त्यसलाई चिर्न प्रशिक्षण महत्वपुर्ण हुने बताए । उनले कार्यकर्ताहरुलाई निर्देशन दिंदै  भने, कांग्रेसमाथी जनजाति र संघीयता विरोधीको आरोप लागिरहेको छ, त्यसलाई चिर्न प्रत्येक निर्वाचन क्षेत्रमा पुगेर प्रशिक्षण सञ्चालन गर्नुस् र जनतालाई स्पष्ट पार्नुस् । महामन्त्री प्रकाशमान सिंहले इतिहास देखिनै कांग्रेस आदीवासी, जनजाति, उत्पिडितको पक्षमा रहेको दाबी गरे । संविधान सभाको सिट संख्या घट्दैमा जनजातिको प्रतिनिधित्व नघट्ने भन्दै उनले सबै वर्गको प्रतिनिधित्व संविधानसभामा गराउन आफुहरु प्रतिवद्ध रहेको बताए । प्रशिक्षणमा प्रत्येक जिल्लाबाट दुईदुई जना प्रतिनिधि र केन्द्रका समेत गरी करिब ३ सय जना सहभागि छन ।
प्रशिक्षणमा समसामयिक राजनीतिक सवालहरुमा नेपाली कांग्रेसको दृष्टिकोण, नेपाली कांग्रेस र अन्य दलबीचको सैद्धान्तिक र व्यवहारिक भिन्नता तथा भावी निर्वाचनको तयारी र नयां संविधानको विषयवस्तुका बारेमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रशिक्षक प्रशिक्षण लिइसकेपछि तयार हुने प्रशिक्षहरुले देशव्यापीरुपमा आफुलाई तोकिएको जिल्ला एवम निर्वाचन क्षेत्रमा प्रशिक्षण दिनेछन् । पहिचानको राजनीति बढेपछि नेकाले गत संविधानसभामा ठुलो धक्का ब्योहोर्नु परेकोथियो । अहिलेपनि पहिचान सहितको संघीयताको विरोधि भन्दै नेकाका नेताहरुमाथि जनजातिहरुले कालो झण्डा देखाइएको हुनाले यस्तो चुनावी रणनीति बनाइएको हुनसक्छ ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %