रोल्पा मगर विद्यार्थीमा नयाँ नेतृत्व

Read Time:2 Minute, 28 Second
नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति रोल्पाको पाँचौं जिल्ला अधिवेशन डोरबहादुर पुनमगरको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपले चयन गर्दै शनिबार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा हर्क घर्तीमगर, सचिवमा खडकबहादुर पुनमगर, सहसचिवमा रञ्जिना पुनमगर र कोषाध्यक्षमा बेलबहादुर बुढामगरलाई पनि सर्वसम्मत रुपमै चयन गरिएको नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति रोल्पाले जनाएको छ ।
नव गठित कार्य समितिका सदस्यहरुमा जितबहादुर घर्तीमगर, दिल प्रसाद घर्तीमगर, रामजुनी पुनमगर, थमा पुनमगर, टिका बुढामगर, पदम बुढामगर, खिमबहादुर घर्तीमगर, झलक बुढामगर, अर्जुन बुढामगर, तारा रोकामगर, नरबहादुर बुढामगर, सुकम बाँठामगर, उमेश पुनमगर र सागर पुनमगर रहेका छन् । अधिवेशनको नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रेनुका काउछा मगरले शनिबार सदरमुकाम लिबाङमा उद्घाटन गरे । अध्यक्ष काउछा मगरले भने ‘मगर विद्यार्थी संघ अवको संविधान सभामा समानुपातिक सिट संख्या बढाउनु पर्छ ।
अबको संविधान सभामा सबै जातिको प्रतिनिधित्व आवश्यक छ ।’ मगर लगायत अन्य आदिवासी जनजाति विद्यार्थीको जातिय मुक्तिका लागि देशमा बहुभाषिक विश्वविद्यालय हुनु पर्नेमा अध्यक्ष काउछाले जोड दिईन् । अध्यक्ष काउछाले थपे ‘राज्यले शिक्षा प्राप्त गर्ने अवसरबाट कसैलाई काखा त कसैलाई पाखा गर्न पाइँदैन । मगर विद्यार्थी संघ बैज्ञानिक र व्यवहारिक शिक्षाको पक्षमा छ ।’ आफ्नो भेषभुषा र संस्कति प्रदर्शन सहित मगर विद्यार्थी संघले नारा लगाउँदै लिबाङ बजार परिक्रमा समेत गरेको थियो ।
दिपा आले, नेपालगँज
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %