पत्रकार कुट्नेलाई कार्वाही गरिने प्रहरी प्रमुखको भनाई

Read Time:2 Minute, 2 Second

काठमाडौं १२ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय कोषाध्यक्ष तथा नयाँ पत्रिकाका संवाददाता टेकराज थामीमाथि भएको  प्रहरी दुब्यबहार सम्बन्धमा आरोपिलाई कानुनी दायरामा ल्याउन माग गर्न गएका टोलीलाई प्रहरी प्रमुख कुवेर रानाले सकारात्मक जवाफ दिएकाछन् ।

शुक्रबार प्रहरी महानिरिक्षक कुबेरसिं रानालाई भेटी ज्ञापनपत्र बुझाउँदै फोनिज अध्यक्ष डण्ड गुरुङले घटनाका दोषीउपर कार्बाहीको माग गरे । प्रहरीले ज्यादतीपूर्ण ढंगले नियन्त्रणमा लिने, हत्कडी लगाउने, मापसे नै नगरेका व्यक्तिलाई स्वास्थ्य परीक्षणको नाममा रकम असुल्ने काम गरेकोप्रति फोनिजको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘प्रहरीले गरेको ज्यादतीपूर्ण दुव्र्यवहारप्रति फोनिज घोर आपत्ति र भत्र्सना गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै महानिरिक्षक रानाले उक्त घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउने बताए । पत्रकार थामीमाथी भएको दुब्यबहारप्रति प्रहरी संगठनको तर्फबाट क्षमायाचना गर्दै महानिरिक्षक राणाले घटनामा संलग्न दोषीलाई कार्बाही गर्ने बताए । प्रहरी महानिरिक्षक रानालाई ज्ञापनपत्र बुझाउन फोनिज अध्यक्ष डण्ड गुरुङको नेतृत्वमा पत्रकारहरु प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए ।
देव पचभैया, पाल्पा   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %