पत्रकार कुटुवा मालिक बचाउने महासंघको काईते काईदा

Read Time:3 Minute, 7 Second

 

 
पत्रकार कुट्ने मालिकलाई कानुनी कार्वाहीको दायरामा ल्याई श्रमजिवी पत्रकारलाई कानुनी हक दिलाउनुको साटो पत्रकार महासंघले नविन ढुंगानाको हकमा श्रमजिवी पत्रकार ऐन लागु गर्न मालिकलाई अनुनय गरि पत्र पठाएकोछ । अधिकार, नियम कानुन र श्रमजिवी पत्रकारको आवाजको बडेनमानका कुरा गर्ने महासंघले आफ्नै पत्रकार नविन ढुंगानालाई कुट्ने मालिक भाष्करराज कर्णिकारलाई त्यसरी निम्छरो पत्र काटेको हो ।

महासंघको बिज्ञप्ति –

 

एक सहकर्मी महिला पत्रकार ज्योति शाहमाथि भएको मालिकको ज्यादती बिरुद्ध आवाज उठाईदिदा उनलाई कर्णिकारले अपशब्द बोल्दै हातपात गरेकाथिए । त्यसपछि ति दुबैलाई उल्टै नोकरीबाट निकालिएको उर्दी सुनाइएकोथियो ।  नवीनले आफुमाथि कुटपिट भएको  भन्दै सुरक्षाको माग सहित न्याय दिलाईदिन पत्रकार महासंघ, सूचना विभाग र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकाथिए । हातपात गर्ने कर्णिकारलाई कानुनी कार्वाहीको माग राखेकाथिए ।
तर महासंघले महासचिव ओम शर्माको हस्ताक्षरित मीडिया मालिकलाई पठाइएको पत्रमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न अनुरोध गरेको छ । उनलाई कानुनी कार्वाहीका सम्बन्धमा केही उल्लेख गरिएकोछैन । न अहिले सम्म पीडकलाई प्रशासनले नै केहि गरेकोछ ।
महासंघलाई बेलाबखत  श्रमजिवी पत्रकारहरुको भन्दा पनि मीडिया मालिकको पक्षमा बढी काम गरेको आरोप लाग्ने गरेकोमा यस घट्नामा त्यस्तै देखिएकोछ । बिज्ञप्तिमा कर्णिकारलाई ठुलठुला शब्दले आदर्शको पाठ पढाइएकोछ र अन्तमा श्रमजिवी ऐन लागु गर्न अनुरोध गरिएकोछ । त्यसको अर्थ कर्णिकारले ठाडो आदेशमा निकालिएका ती दुई पत्रकारको पाउनुपर्ने तलब दिएर आफुले छुटकारा पाउनेछन् । महासंघले घुमाउरो पारामा कर्णिकारलाई तिनको तलब दिएर टेन्सनमुक्त हुन आईडिया दिएकोछ । क्रान्तिकारीहरुकै वर्चश्व भएको पत्रकार महासंघको  मालिकको तावेदारी गर्ने यस्तो चालाले नविन र ज्योति जस्ता पत्रकार अझै कति शहिद बनाईने हुन् ।

सम्बन्धित समाचार-

 

पत्रकारले मुख खोल्दा लात र बात खानुपर्ने,भात गुमाउनुपर्ने!


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %