यी ८६ दल लड्ने भए चुनाव, चुनाव चीन्ह बितरण

Read Time:8 Minute, 17 Second

 

निर्वाचन आयोगले आवेदन दिएकामध्ये ८६ दललाई मान्यता दिदै आगामी संविधानसभा निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ । दल दर्ताका लागि निवेदन दिएका १ सय ३९ दलमध्ये आयोगले बुधबार ५९ र बिहिबार २७ गरी कूल ८६ दल दर्ता गर्ने निणर््ँय गरेको छ । आयोगका सचिव नरेन्द्र दाहालका अनुसार दर्ता भएका दलले मात्रै आगामी संविधानसभा निर्वाचनमा भाग लिन पाउनेछन । कार्यतालिका अनुसारै दल दर्ताको काम गरेको उनले बताए । आयोगको कार्यतालिकामा आवेदन दिएकामध्ये प्रक्रिया पुगेका दल दर्ताका लागि एक साता समय तोकिएको छ ।


आयोगले गत संविधानसभामा प्रतिनिधित्व गरेको बाहेकका दललाई दर्ताका लागि १० हजार मतदाताको समर्थन अनिवार्य गरेको थियो । यसरी समर्थन दिएका मतदाताको नम्बर भिडाएर आयोगले प्रमाणीकरण गरेको थियो । प्रक्रिया पुर्याएका दललाई दर्ता गरेर निर्वाचन चिन्ह प्रदान गर्ने काम भएको छ । सचिव  दाहालले भने ”प्रक्रिया पुगेका बाँकी दल दर्ता गर्ने काम हुदै जान्छ ।” सोमबार मात्र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निवेदन दिएकामध्ये झन्डै सयको हाराहारीमा दल दर्ता हुने संकेत गरेका थिए ।
अन्तरिम संविधान २०६३ को धारा १४२, निर्वाचन आयोग ऐन २०६३ को दफा २० को उपदफा १ तथा राजनीतिक दल दर्ता नियमावली २०६३ को नियम १३ को उपनियम २ बमोजिम दलहरूलाई अर्काे संविधानसभा निर्वाचनका लागि मान्यता प्रदान गर्न दर्ता गरिएको आयोगले जनाएको छ।  
बुधबार दर्ता पाएकामध्ये २८ दलले यसअघिको संविधानसभामा प्रतिनिधित्व गरेका थिए । यसबाहेक ३१ दलले भने १० हजार मतदाताको हस्ताक्षर बुझाएका थिए ।
आयोगको दर्ता सूचीमा नेकपा एमाले पहिलो नम्बर र नेपाली कॉग्रेस दोस्रो नम्बरमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीपछि एकीकृत नेकपा माओवादी चौथो नम्बरमा छ । त्यसपछि क्रमश नेपाल मजदुर किसान पार्टी, समाजवादी जनता पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, नेकपा संयुक्त, दलीत जनजाति पार्टी, मधेसी जनअधिकार फोरम, नेपाली जनता दल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल परिवार दलल गायत छन्।  दर्ता क्रम अनुसारै मतपत्रमा दलहरूको नाम र चिन्ह उल्लेख हुने आयोगले जनाएको छ ।
२०६४ को संविधानसभा निर्वाचनका बेला आयोगमा ७५ दल दर्ता भएका थिए। जसमध्ये ५४ दलले निर्वाचनमा भाग लिएकोमा २५ दलले मात्र संविधानसभामा प्रतिनिधित्व गरे । पछि यी २५ दल फुटेर ३३ दल पुगेका थिए।
३३ दलमध्ये आयोगले गरेको आव्हान अनुसार परि थापा नेतृत्वको नेकपा एकीकृत बाहेक सबै दल दर्ता भए । एकीकृत नेकपा माओवादीबाट फुटेर बनेको नेकपा–माओवादी भने आयोगमा दर्तै नभएकाले उसले अहिलेसम्म दलको मान्यता पाएको छैन । पहिलो चरणमा प्रक्रिया पुगेका दललाई दर्ता गरेका हौं, आयोगका प्रवक्ता वीरवहादुर राईले भने, ”प्रक्रिया पुगेका बाँकी दलको दर्ता क्रमश हुनेछ।

निर्वाचन आयोगले दर्ता गरेका राजनीतिक दल र निर्वाचन चिन्ह
नेपाल नागरिक पार्टी                          मोबाइल
राष्ट्रिय मधेस समाजवादी पार्टी                      साइकल
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल  ह                    हथौडा
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल                  कापी कलम
नेपाल राष्ट्रिय विकास पार्टी                      रेडियो
नेपाल न्यायिक दल                          बलेको मैनबत्ती
संयुक्त राष्ट्रवादी मोर्चा नेपाल                      कलश
मंगोल नेसनल अर्गनाइजेसन                      कुखुराको भाले
नेपाल गौरवशाली पार्टी                          स्याउ
राष्ट्रिय यथार्थवादी पार्टी नेपाल                      डाफे
जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स                 गोरुगाडा
शान्ति पार्टी नेपाल                             षटकोण
राष्ट्रिय विकास पार्टी                          हात्ती
जनजागरण पार्टी                             टर्चलाइट
नेपाल समावेशी पार्टी                          सुगा
तामसालिङ–नेपाल राष्ट्रिय दल                      डम्फु
सोसल रिपब्लिकन पार्टी                          सलाइको बट्टा
राष्ट्रिय जनता दल नेपाल                          लालटिन
हरियाली नेपाल पार्टी                          आप
नेपाल गणतान्त्रिक एकता पार्टी                      गुलाफको फूल
नेपाल जनता पार्टी                              कमलको फूल
राष्ट्रिय जनविकास पार्टी                          टेबल
मधेसी जनअधिकार फोरम मधेस                      चर्खा
सयुक्त राष्ट्रिय जनपरिषद, नेपाल                      आरा
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)                  डुंगा
नेपाल राष्ट्रसेवा दल                          टेलिफोन
लिग नेपाल शान्ति एकता पार्टी                      घोडा
नेपाल समाजवादी पार्टी (लोहियावादी)                  मेच
शिवसेना नेपाल                              डमरु
चुरेभावर राष्ट्रिय पार्टी                          बिजुलीको चिम
देशभक्त समाज                              जरायो
मधेश तराई फोरम                             बाल्टिन
चुरेभावर लोकतान्त्रिक पार्टी                     भकुण्डो
थरुहट तराई पार्टी नेपाल                          ढक्की
तराई मधेश पहाड हिमाल एकता पार्टी                 सिसाकलम
संघीय समावेशी समाजवादी पार्टी, नेपाल                 कार
नेपाल प्रजातान्त्रि प्रगतिशील पार्टी                  पहाड
पिछडावर्ग निषाद दलित जनजाति पार्टी                 कछुवा
नेपाल जनसमावेशी एकता पार्टी                     कुचो
 विश्व सत्यवादी पार्टी                         सर्प
गरिब जनताको क्रान्ति पार्टी                     मकैको घोगा
लिम्बुवान मुक्ति मोर्चा नेपाल                      कोट
मातृभूमि नेपाल दल                             गाग्रो बोकेकी महिला
नेपाल राष्ट्रिय यातायात विकास दल                 टेम्पो
देशभक्त पर्यावरणीय समाजिक (देपसा) मोर्चा              तिनपात
संयुक्त जनमोर्चा                             भरिया
नेपाल    आमा पार्टी                              आमाको काखमा बच्चा
नेपाल जनहित पार्टी                          माइक
सहकारी पार्टी नेपाल                          माहुरी
जनता दल नेपाल                              याक
नेपाल मधेशी जनता दल (समाजवादी)                 ढोका
युवा शक्ति नेपाल पार्टी                         दौडिरहेको युवक
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल                     पिंजडा
लोक दल                                 लुगा सिउने कल
संघीय विकासवादी पार्टी नेपाल                     पुल
राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी                     पुतली
राष्ट्रिय एकता मञ्च                             औंठी
राष्ट्रिय एकता पार्टी                          गदा

आनन्द गुरुङ, काठमाण्डु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %