मंसिर चार गतेका लागि घोषित निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादीले बिहीबारबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गरेको छ । राजधानीको शान्तिवाटीकामा मतपेटिका फुटाएर सांकेतिक रुपमा निर्वाचन बहिष्कारको अभियान सुरु गरेको हो । महासचिव रामबहादुर थापा बादलले मत पेटिका फुटाएर आन्दोलन सुरु गरेका छन् । सभामा प्रतिकात्मक रुपमा बनाइएको संविधानसभा निर्वाचन मत पेटिका बादलले हम्वरले हानेर फुटाएका थिए ।
जगन शर्मा
