मुक्तिका लागी निर्वाचनमा होमिन निर्देशन

Read Time:1 Minute, 55 Second

राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य अशोक पुनले चार दलिय सिन्डिकेटका कारण देश दलदलमा फस्दै गएकोले आदिवासी जनजाति, दलित, मधेशी र पिछडा वर्गको अधिकार स्थापित गर्न सम्पूर्ण कार्यकर्ता निर्वाचनमा अग्रसर हुन सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिए । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीको विस्तारित बैठकलाई सम्बोधन गर्दे उनले त्यस्तो बताएकाहुन् ।

उनले देशको निकासको लागि राष्ट्रिय जनमुक्ति पार्टीले उठाउदै आएको जातिय जनसंख्याको आधारमा समानुपातिक नीति नै उत्तम विकल्प रहेको यथार्थ सबैलाई बुझाउन गाँउ गाँउमा जानुपर्ने बताए । पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको विस्तारित बैठकमा संघीय परिषद सदस्य डा. मोहम्द हसन, होमाया गुरुङ्ग, सूर्यकुमार सारु, संघीय परिषदका बैकल्पिक सदस्य तथा रुपन्देही ईन्चार्ज कृष्ण नेपाली, भूतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिम बहादुर राना लगायतले बोल्दै सम्पूर्ण पार्टी कार्यकर्ता संविधान सभाको निर्वाचनमा होमिनु पर्नेमा जोड दिएका थिए । उपाध्यक्ष मधु रानाको स्वागत र सचिव भैरव थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %