नरबहादुर नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जिवित संस्थापक नरबहादुर कर्माचार्यको निधन भएको छ । जण्डिस र ज्वरोको उपचार गराइरहेका उनको काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा आज विहान ५ बजे निधन भएको हो । एमाओवादीका सल्लाहकार समेत रहेका उनको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विहान ७ देखि ९ बजेसम्म एकीकृत माओवादीको कार्यालय पेरिसडांडामा र त्यसपछि खुल्लामञ्चमा राखिने एमाओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्तीमार्फत जनाएका छन् । लामो समय देखि अस्वस्थ कर्माचार्यको ८९औं वर्षको उमेरमा निधन भएको हो ।
कम्युनिष्ट पार्टीका एक मात्र संस्थापकको निधन
Read Time:55 Second
