बाल यौन दुर्ब्यहारको आरोपमा दुई भारतीय हिरासतमा

Read Time:2 Minute, 0 Second

साउन ८ रुपन्देही
देवदह–५ मा वालवालिकालाई दुरव्यवहार गरेको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ८ र ९ बर्षिय वालकलाई जंगलमा लगि यौन दुरव्यवहार गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको देवदह प्रहरी चौकीले जनाएको छ । भारत घर भै हाल देवदह–५ मा मिस्त्री काम गर्दैै आएको बर्ष ४५ का मुस्लिम शेख, बर्ष ३० का सहरे आलमलाई स्थानीय वासीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीय रामप्रसाद देवकोटाले बताए ।

त्यसैगरी भारत घर भै शेख संग संगै बस्ने जागिर हुसेनलाई समेत यौन दुरव्यवहारमा संलग्न रहेको खुल्न आएको छ । वालकलाई यौन दुरव्यवहार गरेको जानकारी गराउन प्रहरी चौकी आउदा चौकीले बेवास्ता गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले यौन दुरव्यवहार गर्ने व्यक्तिलाई समयमै पक्राउ गर्न नगए पछि आफुहरुले नै समातेर प्रहरी चौकीमा बुझाएको स्थानीयवासीको भनाई छ । वालकहरुको स्वास्थ्य परिक्षण गर्ने र दोषी पाएमा कानुनी कार्वाही गर्ने वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले बताए । स्वास्थ्य परिक्षणको लागि वालकहरुलाई बुटवल अञ्चल अस्पताल लगिएको छ भने आरोपीतहरुलाई अनुसन्धानको लागि वडा प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

गोविन्द घर्ति, देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %