सरकारले नसुनेपछि बौद्धहरुको ६ दिने सड़क संघर्ष

Read Time:3 Minute, 40 Second

सुर्खेतको काँक्रे विहारमा बुद्धको मूर्ति स्थापना गर्ने विषयमा सरकारको कुनै प्रतिक्रिया नआएपछि बौद्धमार्गीहरुले दोश्रो चरणको आन्दोलन शुरु गरेकाछन् । बुद्धको मुर्ति स्थापना गर्ने विषयमा पटक– पटक सरकारसंग आग्रह गर्दा पनि सुनुवाई नभएपछि बौद्धमार्गीहरु आन्दोलित भएका हुन् । बौद्धमार्गीहरुले राखेका मागलाई सरकारले वेवास्ता गरेको भन्दै शसक्त आन्दोलनमा उत्रन बाध्य हुनुपरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
बौद्धमार्गीहरुले साउन ७ गतेदेखि १२ गतेसम्म शसक्त आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेका छन् । सोही अनुरुप ६ दिन सरकारले बौद्धमार्गीहरुले राखेको मागको वेवास्ता गरेको विषयमा धार्मिक सहिष्णुता विथोल्न खोजेको भन्दै प्रचारात्मक कार्यक्रम शुरु गरेको छ । काक्रे विहार घटनालाई लिएर साउन १५ गते ९ बजेदेखि ११ बजेसम्म सिंहदरबार र सुर्खेत जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको संयुक्त सरोकार समितिले जनाएको छ ।
काक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्ने विषयमा सुर्खेत प्रहरी प्रशासनले गरेको ज्याजती र बौद्धमार्गीहरुको मागलाई सरकारले वेवास्ता गरेकोमा काक्रे विहार संयुक्त सरोकार समितिले खेद प्रकट गरेको छ । यसअघि नै काँक्रेबिहार परिसरमा राख्न खोजीएको बुद्धको मूर्तिलाई सोही स्थानमा प्रतिस्थापना गरिनुपर्ने, बुद्ध जयन्तीको पावन अवसरमा बौद्धमार्गीहरूको झाँकी र्याली माथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुर्ब्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी मागिनुपर्ने, आगामी दिनमा मुलुकको कुनै पनि भूभागमा रहेको बौद्धधर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, चैत्य, मूर्ति आदि रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरू माथि यस्ता दुर्ब्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी गरिनुपर्ने, काँक्रेबिहार संरक्षण सम्वद्र्धन र विकासको लागि सरकारबाट यथोचित बजेटको व्यवस्था गरिनुपर्ने, गोन्पा, चैत्य, बिहार लगायतका बौद्धमागीहरू आस्थाको केन्द्रहरूमा बौद्ध मार्गीहरूले निर्वाध र शान्तिपूर्ण तवरबाट पाठ–पूजा गर्न पाउने र उनीहरूको शान्ति सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका मागहरु सरकारसंग राखेका छन् । माग पुरा नभएसम्म विरोधका कार्यक्रलाई निरन्तरता दिईने संयुक्त संघर्ष समितिले जनाएको छ ।
आनन्द गुरुगं, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %