श्रावण ७, अबिरल बर्षा संगै खसेको पहिरोमा परि पाल्पामा ३ जनाको मृत्यु भएको छ । पाल्पाको खानीछापमा दुई बाल बालिका र र पिपलडाडामा एक जनाको मृत्यु भएको हो । खानीछाप ७ आमडाडाका भिम बहादुर दर्लामीको घरमा माथि बाट खसेको पहिरोले छिमेकी तिल बिर दर्लामीको १४ बर्षिया छोरी प्रेम कुमारी र ११ बर्षिय छोरा बिष्णुको मृत्यु भएको हो । उनीहरु हिजो बेलुकी भिम बहादुरको घरमा टिभि हेर्न गएर त्यही सुतेका थिए ।
आज बिहान ४ बजे तिर खसेको पहिरोमा पुरिएर उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । यस्तै पिपल डाडा ७ आर्गी डाडामा आफ्नै घर भत्किदा ५६ बषिर्य दुर्गा बहादुर सुनारीको पनि ज्यान गएको छ ।
देब पचभैया,पाल्पा
