नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वार्ता र सहमतिको नाममा मंसिर ४ का लागि तोकिएको निर्वाचनको मिति सार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने वताएकाछन् । कोइरालाले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा आम नेपाली जनताको चाहना निर्वाचन नै भएकाले तोकिएकै समयमा निर्वाचन गराउनु पर्ने वताए । ३२ औं विपी स्मृति दिवसको अवसरमा विहान विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भारत, चीन, अमेरिका तथा युरोपियन युनियनको चाहना नेपालमा मंसिर ४ मै निर्वाचन होस भन्ने रहेकाले अव यो वा त्यो बहानामा निर्वाचनको मिति सार्न नहुने उनको भनाई थियो ।
उनले मंसिर ४ मा कुनै हालतमा पनि संविधानसभाको दोस्रो निर्वाचन भएरै छाड्ने ठोकुवा गरे । कोइरालाले अहिले निर्वाचनको उत्साह र चाहना बढेकाले असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन जनताले पनि दवाव सिर्जना गर्नुपर्ने बताए । भने, असन्तुष्ट दलहरुसंग वार्ताका लागि उच्चस्तरीय राजनीतिक समिति निरन्तर लागिरहेकोले केही दिन भित्रै असन्तुष्ट दलहरुसंग वार्ता हुन्छ ।
कोइरालाले उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र आफुले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग कुराकानी गरिरहेको र निर्वाचनप्रति सकारात्मक रहेको आफुले जानकारी पाएको बताए ।
भैरब आङ्ला, धरान
४ मंसीरमै हुन्छ चुनाव- कोइराला
Read Time:2 Minute, 9 Second
