धनकुटाको आहाले –६ चाँदी बजारमा भएको झडपका हत्या आरोपित युवाले प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।
विष्णुपादुका–९ सानोखैरेका २७ वर्षीय देवुराम निरौलाले इलाका प्रहरी कार्यालय धरानमा आत्मसमर्पण गरेका हुन् । चाँदीबजारमा साउने संक्रान्तीको बेला साउन २ गते लागेको राँके मेलामा दुइ युवा समूहबीच भएको झडपमा आहाले – ४ का ३१ वर्षीय भावीराज राईको ज्यान गएको थियो । 
आरोपित निरौला
उनको मृत्युमा संलग्न निरौलाले नेपाली कांग्रेस निकट नेपाल
तरुण दल जिल्ला कार्यसमिति सुनसरीको पहलमा आत्मसर्मपण गरेका हुन् । हत्याका आरोपित निरौलाले आत्मरक्षाको क्रममा दुर्घटनाबस उनको मृत्यु भएको बताए । आफ्नो मार्ने नियत नभएको बताउँदै उनले ज्यान जोगाउन खोज्दा भावीराजको मृत्यु भएको दाबी गरेकाछन् । ईलाका प्रहरी कार्यालय धरानमा आत्मसमर्पण गरेका निरौलालाई ईलाका प्रहरी कार्यालय धरानले जिल्ला प्रहरी कार्यालय धनकुटालाई वुझाएको छ ।
भैरब आङ्ला, धरान
सम्बन्धित समाचार-
