प्रहरी महानीरिक्षक कुवेरसिङ रानाले तथ्यमा आधारित रहेर अपराध अनुसन्धानमा लाग्न माहतका कर्मचारीलाई निर्देशन दिएकाछन् । महानगरीय प्रहरी आयुक्त कार्यालयमा बिहान भएको कार्यक्रममा महानिरीक्षक रानाले संगठन भित्रका कमीकमजोरीलाई आत्मसात गदै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएकाहुन् । संगठनभित्र विभिन्न खालका अभाव र समस्याका बावजुद प्रहरीको शान्ति सुरक्षा कायम गर्ने काममा खटिएको रानाको भनाइ थियो ।

रानाले आग्रह–पूर्वाग्रहबाट मुक्त भएर जनतालाई शान्ति सुरक्षँ प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएकाथिए । प्रहरी र नागरिकको सहकार्यमा मात्र समाजमा शान्ति सुव्यवस्था कायम हुने भएकाले सुरक्षा अवस्था मजवुत पार्न सबैले सहयोग गर्नुपर्ने रानाको भनाई थियो ।
आनन्द गुरुङ्ग
