राँके मेलाको झडपमा एक मारिए

Read Time:2 Minute, 6 Second

धनकुटाको आहालें ६ स्थित चाँदी वजारमा  लागेको राँके मेलामा यूवाहरु वीच झडप हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाए अनुसार ज्यान जानेमा आहाले गाँउ विकास समिति वार्ड नं ४ निवासी २४ बर्षिय भावीराम राई रहेका छन् ।

  राति ११ वजे यूवाहरु वीच झडप हुँदा राइलाई देव्रे छातीमा धारीलो छुरी प्रहार गरी सख्त घाईते वनाईएको थियो । राईको उपचारका क्रममा शुक्रवार विहान वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । घट्नाको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर आएपनि उजुरी नआएको प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्ययले बताए ।

 यसैगरी मोरगंको हात्तिमुडा–८ मा  भएको दुर्घटनामा दुइ जना भाइते भएका छन ।बिराटनगरबाट दुहबी आउदै गरेको, को. ३ प ९५९० र विपरित दिशाबाट आउंदै गरेको को. ८ प. २५४९ नम्वरको मोटरसाईकल ठोकिदा ४० वर्षिय राजकुमार थापा र नाम, थर वतन नखुलेको व्यक्ती गम्भीर घाइते भएका छन । घाइते दुबै जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइहेको छ ।  यसैबीच सप्तरीको कल्याणपुर –४ मा भएको दुघटनामा दुइजना घाइते  भएका छन ।

  गएराती पूर्व आईरहेको ज ३ प १३५३ नम्वरको मोटरसाईकलले पैदल यात्री लाइ ठक्कर दिदा १५ वर्षिय  मोहम्मद र मोटरसाईकल चालक सप्तरी राजबिराज ९ का २२ वर्षिय जलान्धर घाईते हुनुभएको हो । घाइतेको सप्तरीको रायपूर अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %