करेन्टले लियो ज्यान

Read Time:1 Minute, 26 Second

 

मोरङ र संखुवासभामा करेन्ट लागेर दुइ जनाको ज्यान गएको छ । मोरङको डाइनिया –८ की १४ बर्षीया चाँदनीदेवी सहनीको करेन्ट लागेर ज्यान गएको मोरङले प्रहरीले जनाएको छ ।
गएराति घरमा बिद्युतीय लाईन चलाउने क्रममा करेन्ट लागेर सहनीको घटनास्थलमै ज्यान गएको हो । यसैगरी संखुवासभाको सिद्धकाली–४ कात्तिकेमा ४३ बर्षीय पदम बहादुर लिम्बुको करेण्ट लागेर ज्यान गएको छ । आफ्नै घरमा नुहाएर कपडा फेर्ने क्रममा बिद्युत होल्डरमा छोएर लिम्बुको घटनास्थलमै ज्यान गएको घटनास्थलमा पुगेका टेन्डी शेर्पाले जानकारी दिए ।
 यसैबिच मोरङको बबियाबिर्तामा सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । बबियाबिर्ता –७ की १२ बर्षीया पुनम गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खेतमा घाँस काट्न गएको बेला  बिषालु सर्पले डसेपछि  बेहोस गुप्तालाई अस्पताल लाँदैगर्दा बाटोमै ज्यान गएको थियो ।  
भैरब आङ्ला, धरान   

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %