बैराग बढ्यो, झुण्डिन थाले पाल्पालीहरु

Read Time:2 Minute, 8 Second

पाल्पा प्राकृतिक रुपमा जति सुन्दर छ केहि समययता त्यसको सौन्दर्यमा कुरूपता पनि थपिन थालेकोछ । यो बर्ष ६१ जना पाल्पालीले आत्म हत्या गरेर त्यस्तो रेकर्ड बनाउन मदत गरे । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पारिवारिक कारणले १६ जना, आर्थिक अवस्थाले १२, रोगले गर्दा १०, शैक्षिक अबस्थाले ४, प्रेम असफलताले ९, मादक पदार्थ सेवन गरी ६ , अन्य कारणले ४ गरी एकै बर्षमा ६१ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेहरु सबै भन्दा बढी सदरमुकाम तानसेनमा छ ।


आत्महत्या गर्नेहरु सात बर्ष देखि ६० बर्ष उमेर समुहका रहेको पाल्पाका प्रहरी नायब उपरिक्षक स्थानेश्वर रेग्मीले जानकारी दिए । आत्महत्या गर्नेहरुमा अशिक्षित देखि स्नातकोत्तर उतिर्ण र जागिरे समेत छन् ।
गत बर्ष भन्दा यो बर्ष आत्म हत्या गर्नेको संख्या घटेको भएपनि पाल्पा जस्तो सानो जिल्लामा पनि एकै बर्षमा ६१ जनाले आत्महत्या गर्नु निकै दुखद भएको स्थानिय शान्ती समिति पाल्पाका अध्यक्ष केयर सिंग रानाले बताँउछन् । गत बर्ष पाल्पामा ७४ जनाले आत्महत्या गरेका थिए । सामान्य साक्षर र चेतनाको कमिले गर्दा आत्म हत्याको घटना दोहोरिएको भन्दै रानाले सबैले मिलेर जनचेतना बढाउनुपर्नेमा जोड दिए । आत्म हत्या संगै पाल्पामा सडक दुर्घटनाले पनि टाउको दुखाउन थालेकोछ । गएको बर्ष २७ वटा सवारी दुर्घटनामा भएकोमा ५८ जनाको मृत्यु भएको छ भने १ सय २ जना घाइते भए ।

देब पचभैया, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %