उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत असन्तुष्ट दललाई वार्तामा आउन लिखित आग्रह गर्ने भएको छ । नया बानेश्वरस्थित आफ्नै कार्यालयमा बिहान बसेको समिति बैठकले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभा निर्वाचनमा सहभागी नहुने घोषणा गरेका दलहरूलाई वार्तामा आउन पत्राचार गर्ने निर्णय गरेको हो । असन्तुष्ट दललाई आजै पत्राचार गर्ने र भोलिदेखि नै वार्ता थाल्ने निर्णय भएको बैठकपछि एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकार र उच्चस्तरीय राजनीतिक समितिस“ग वार्ताका लागि टोली गठन गरेको वैद्य माओवादीले पछिल्लो समय आफ्नो मोर्चामा आवद्ध ३३ दललाई समेत वार्तामा बोलाउनुपर्ने सर्त राख्दै आएको छ । मोहन बैद्य लगायतका असन्तुष्ट पक्ष बिनासर्त सरकार र उच्च स्तरीय राजनीति समितिसंग वार्तागर्न तयार भएको छ । तर समितिले भने वर्तमान सरकार , मंसिर ४ मा संविधान सभाको निर्वाचन भन्ने बिषयमा कुनै सम्झोता नहुने अडान पुन दोहोर्याएको छ ।
समितिले आगामी मंसिर ४ मा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने र निर्वाचनको एक वर्षभित्र नया“ संविधान निमार्ण गरिसक्ने निर्णय समेत गरेको श्रेष्ठले बताए । बैठकमा क्षेत्र निर्धारण आयोगले काममा देखिएको कानुनी र सवैधानिक जटिलता फुकाइदिन गरेको आग्रहका सम्बन्धमा समेत छलफल भएको त्यसबारे केही दिनभित्र निष्कर्षमा पुगिने नेताहरुले बताएकाछन् । चक्रीय प्रणालीका आधारमा नेतृत्व गर्ने पूर्वसहमतिअनुसार एकीकृत माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक संयोजक भएपछि पहिलोपटक समितिको बैठक बसको हो ।
आनन्द गुरुङ
