गुर्खा एनआरएन हैनन – एमएस थापा



२३ बर्ष अघि नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक देशमा युरोप जस्तो जातीय समस्या नभएको देशमा जन्मिएका माक्र्सले कोरेको वर्गीयताको सिद्धान्तले काम गर्देन भन्दै कम्युनिस्ट राजनीतिबाट पहिचानको राजनीतिमा होमिएका एमएस ( मालवरसींह) थापाको बहुआयामिक परियच छ ।

पन्चायतकालमा माविका हेडसर, पश्चिमान्चल बार एसोसियसनका अध्यक्ष, नेकपा माक्र्सवादीका पोटिलब्युरो सदस्य, कामरेड पत्रकार, गोरखपुर विश्वविद्यालयमा नेपाली विद्यार्थी युनियनका प्रमुख, ईतिहासविद जस्ता थुप्रा उपमा बोकेकाछन थापाले ।

नेपालमा पहिचानको राजनीति शुरु गर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक देखि अहिले सम्म एकछत्र अध्यक्ष पदमा रहिरहेका उनी संविधानसभा सदस्य तथा पूर्व मन्त्री पनि हुन् ।
बुद्ध मगरका सन्तान हुन् भनि अनुसन्धनात्मक पुस्तक प्रकाशित गरि चर्चामा आएका उनी गोर्खा भर्ति र त्यस सम्बन्धमा पदम बहादुर गुरुङहरुलाई सललाह दिने पहिलो ब्यक्ति हुन् ।
गुर्खा एनआरएन हैनन् भनि फरक बिचार दिईरहेका थापा सबै पहिचानतिर गैरहेकोले नेपाली राजनीतिमा आफुहरुको नैतिक जित भएको ठान्छन् ।
विदेशमा बस्ने नेपालीलाई सम्मान बेचेर र टाउको निहुराएर बस्नु भन्दा स्वदेशमा फर्केर आत्मसम्मानका साथ  बाँच्न उत्प्रेरणा दिने उनीसंग बेलायतका राज्यसत्ता इन्चार्ज डा चजिन्द्र रानाले कुरा गरेकाथिए ।

{youtube}https://www.youtube.com/watch?v=rAKugSMH4EQ{/youtube}

{youtube}https://www.youtube.com/watch?v=vYaYOLf4efo{/youtube}