एमालेको डुवान हेर्ने जिम्मा शेरधन राईलाई

Read Time:1 Minute, 44 Second

सप्तकोशी उच्च वाँध निर्माण परियोजनासम्बन्धी अध्ययन गर्न गठित नेकपा एमालेको कार्यदलले यहि साउन महिनाभित्र विस्तृत अध्ययन गरि प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।
   कार्यदलका संयोजक नेकपा एमालेका केन्द्रिय सदस्य शेरधन राईको अध्यक्षतामा सुनसरीको इटहरीमा बसेको बैठकले सप्तकोशी उच्चबाँधबाट प्रभावित क्षेत्रका वासिन्दाहरुसँग सिम्ले र चकरघट्टीमा यहि साउनको २० देखि २५ गतेसम्म अन्तरक्रिया गर्ने निर्णयसमेत गरेको छ ।
 उच्च बाँधको प्रभावित क्षेत्रको स्रोत, साधन तथा अन्य भौतिक, प्राकृतिक सम्पत्तिमा हुने क्षती र त्यसको क्षतीपूर्तीको ग्यारेण्टी, बाँध निर्माणसम्बन्धी दुई देशीय सम्झौतासँग सम्बन्धित कागजजात, सम्झौतामा उल्लेखित बुँदाहरु, सरोकारवाला व्यक्ति, संघसंस्था, राजनीतिक दल, विशेषज्ञहरुसँगको छलफलपछि विस्तृत प्रतिवेदन तयार पारिने संयोजक राईले बताए । योजनावद्ध अध्ययन गरि निष्कर्ष निकाल्न कार्यसूचीसमेत तय गरिएको छ । सप्तकोशी उच्चबाँध निर्माण गर्दा पुर्वको आदिवासी जनजातिहरुको आस्थाका केन्द्रहरु डुव्ने भएकोले विरोध गर्दे आएका छन् ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %