बेवारिसे टेलिभिजनले पायो वारेस

Read Time:1 Minute, 39 Second

कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुनः संचालन हुने भएकोछ। बि.स २०५२ मा स्थापित क्षेत्रिय प्रशारण केन्द्र ०६० साल फाल्गुण १३ गते माओवादीद्धारा क्षतिग्रस्त पुर्याएपछि सेवा बन्द थियो ।
डेढ विघाहा क्षेत्रफलमा करिब दुइ करोडमा निर्मित ३ आवास गृह र एक स्टुडीयो भवन वेवारिसे अवस्थामा रहेका बेला सरकारले यस आर्थिक वर्षको वजेटमा टेलिभिजन पुन सञ्चालनको लागि रकम छुट्याएकोछ । नेपाल टेलिभिजनको एक मात्र क्षेत्रीय प्रशारण केन्द्र पुनः सञ्चालन तथा दिगो स्थायीत्वका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चारमन्त्रालय लगायतका सरोकारवाला निकायलाई निरन्तर दवाव दिदै आएपछि सरकारले यसपालि वजेट भाषणमै साढे चार करोड वजेट छुट्याएको हो ।
टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईले प्रशारणको पहल थाल्न केही दिनमै प्राविधिक टिम कोहलपुर पठाइने बताए । सरकारले वजेटको व्यवस्था गरेपछि यस क्षेत्रका प्रवुद्ध वर्गले स्वागत गर्दै सक्दो सहयोग गर्ने बताएकाछन् ।

दिपा आले, नेपालगन्ज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %