दुबै करेट मारे तर आफु पनि बचेनन्

Read Time:1 Minute, 9 Second

पहिलो पटक घरमा आएको सर्पलाई मारेपनि दोस्रो पटक आएको सर्पले टोकेर पाल्पामा आज बिहान एक जनाको मृत्यु भएको छ । पुर्वी पाल्पाको मित्याल ३ लामेदमारका ४८ बर्षिय मान बहादुर सुनारीको सर्पले डसेर ज्यान गएको हो । हिजो बेलुकी ८ बजे तिर घरमै आएको सर्पलाई मारेपछि सुतेका मान बहादुर लाई अर्को सर्प आएर ११ बजे तिर डसेको थियो । सुतिरहेको बेला दाँया घुंडामा सर्पले डसेपछि उनले सर्पलाई पनि मारेका थिए

 । सर्पले डसेपछि लामाधामी गरेको र नजिकको मेडिकलमा ईन्जेक्सन नभएकाेले आज बिहान ४ बजे उपचारको लागी अस्पताल लैजाने क्रममा उनको बाटोमा ज्यान गएको स्थानिय राम सारुले जानकारी दिए । दुई वटै सर्प करेट  रहेको स्थानिय स्वास्थ्यकर्मीले बताएका छन् ।

देब पचभैया,पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %