कांग्रेस सभापति सुशील कोइरालाले म्याद सकिन एक दिन मात्रै बांकी छदां आइतबार काठमाडौं निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनकै लागि उनी अमेरिका भ्रमण छोट्याएर शनिबार फर्केका थिए । आयोगले दिएको म्याद सोमबारदेखि सकिदैछ ।
कोइराला क्यान्सरबाट शल्यक्रिया गरिएको जिब्रोको फलोअपका लागि दुई साताअघि अमेरिका गएका थिए । बाँके क्षेत्र ३ बाट उम्मेदवार रहेका कोइरालाले यस पटक पनि सोही स्थानमा मतदाता रहने गरी नाम लेखाएका छन् ।
-जगन शर्मा
