लाहुरेहरु संगठित

Read Time:1 Minute, 8 Second

राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय भुतर्पूव सैनिक संगठनको जिल्ला समिति काठमाडौं गठन भएको छ । असार २९ गते काठमाडौमा भएको भुतर्पूव सैनिकहरुको  काठमाडौ जिल्ला भेलाले हरी प्रसाद तमुको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति गठन गरेको हो । जसमा ध्रुव सिंजाली (सचिव), होम तमु (सह–सचिव), मदन थापा मगर (कोषाध्यक्ष), मोहनसिङ पुलामी र कर्ण बहादुर थापा सदस्य रहेका छन् । संगठनको पहिलो बैठकले उपाध्यक्ष मनोनित गर्ने भएको छ ।

पार्टीका संघीय परिषद सदस्य धनकेशर सूर्यवशीको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त भेलालाई अर्का संघीय परिषद सदस्य हाजी डा.महमद हसनले पनि सम्बोधन गरेकाथिए । कार्यक्रम हरी प्रसाद गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %