युवाहरुलाई मातृभाषा कक्षा

Read Time:1 Minute, 25 Second

बांकेको बागेश्वरी गाविसका मगर समुदायका युवाहरुलाई उनीहरुको मातृभाषाको प्रशिक्षण दिईएको छ । नेपाल आदिबासी जनजाति गाउं समन्वय परिषद खजुराको आयोजनामा भएको प्रशिक्षणमा गाविसका ७० जना युवाहरुको सहभागिता रहेको थियो ।
    गाविसको सहयोगमा भएको उक्त प्रशिक्षणको आइतबार समापन गर्दै नेपाल आदिवासी जनजाति जिल्ला  समन्वय परिषद बांकेका अध्यक्ष डम्मर बहादुर थापाले भाषाको संरक्षण गर्नकालागि युवाहरुनै लाग्नु पर्ने बताउंदै स्वयम राज्य पक्षले पनि मगर समुदायको मातृभाषालाई प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने बताए ।  नेपाली कांग्रेंसका शेर बहादुर गुरुंगले आफ्नो मौलिक भाषा सिक्न अन्यन्त जरुरी रहेको बताउंदै त्यसमा सबैको चांसो हुनुपर्ने बताए ।
कार्यक्रका सभापति भिम रानामगरले आगामी दिनहरुमा गाविसमा मात्रै नभएर क्षेत्र क्षेत्रमा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गरी अघि बढ्ने बताए ।

दीपा आले, नेपालगन्ज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %