काठमाडौं २९ असार
विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब ६ सय जना नेता कायृकर्ता सङघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिवार पार्टीको महाराजगन्जस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बिच नवप्रवेशीलाई पार्टी प्रवेश गराइएको हो । अध्यक्ष अशोक राईले नवआगन्तुकहरुलाई टिका र खादा ओढाएर पार्टीमा स्वागत गरे ।
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकता पक्षधर तर्फबाट पूर्व सभासद राजकुमार नाल्बो लिम्बू तथा एकता पक्षधरहरुको संयोजक एवं सचिवालय सदस्य सुवास पालुङवाको नेतृत्वमा ३ सय ५० भन्दा बढी नेता, कार्यकर्ता औपचारिक रुपमा पार्टी प्रवेश गरेका छन् ।
त्यसैगरी एनआरएनको तर्फबाट राजकुमार लामाको नेतृत्वमा ७५ जना भन्दा बढी पार्टी प्रवेश गरेका छन् भने व्यवसायीको तर्फबाट आशिष खतिवडा र देउमान लिम्बूको नेतृत्वमा १ सय २७ जना पार्टीमा औपचारिक रुपमा प्रवेश गरेको जनाईयो । । नवप्रवेशी नेता कार्यकर्तालाई पार्टीका अध्यक्ष अशोक राईले अविर लगाएर स्वागत गर्दे भने, ‘पार्टी प्रवेश कार्यक्रम भनेको मुलुकमा पहिचानसहितको संघीयताको पक्षको राजनीतिको शुभ संकेत हो ।
पार्टी प्रवेश गरेकाहरुले ‘पहिचानसहितको संघीयताको लागि एकजुट हुनको लागि सङघीय समाजवादीमा प्रवेश गरेको’ बताएका छन् ।
जगन शर्मा
