२८ असार, काठमाडौं
असार २६ र २७ गते बसेको राष्ट्रीय जनमुक्ति पार्टी केन्द्रीय बैठकले संघीय परिषदका पदाधिकारी तथा सदस्यहरुको साँगठानिक जिम्मेवारी हेरफेर गरेको छ । बैठकले विभिन्न विभागहरुको प्रमुख, विभिन्न ब्यूरो र भातृ संगठनका ईञ्चार्जहरु तोकेको छ ।
जसअनुसार अध्यक्ष एम.एस.थापालाई परराष्ट्र विभाग प्रमुख, वरिष्ठ नेता राम बहादुर तुम्बाहाङ्फेलाई अर्थ र मूल्याङ्कन विभाग प्रमुख, उपाध्यक्ष शिवलाल थापालाई अन्तरपार्टी तथा जनसम्पर्क विभाग प्रमुख, उपमहासचिव चन्द्र श्रीसलाई संगठन विभाग प्रमुख, उपमहासचिव रत्न रानालाई प्रशिक्षण विभाग प्रमुख र उपमहासचिव टोप अस्लामीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख बनाईएको छ । यस्तै संगगठन सचिव सिद्धी तुम्बाहाङफेलाई बुद्धिजीवि विभाग प्रमुखको जिम्मेवारी दिईएको छ भने कानूनी परामर्श विभागको प्रमुखमा पूर्व कोषाध्यक्ष चेत बहादुर आलेलाई ल्याइएको छ ।
यसैगरी वरिष्ठ नेताहरु डि.के.बुद्धिष्ट र डि.एन.थापालाई परराष्ट्र विभागको सदस्य, स्थायी समिति सदस्य कमल तिगेला, संघीय परिषद सदस्यहरु बलदीप राई र निबन्ध लामालाई बुद्धिजीवि विभाग सदस्यमा राखिएको छ । संघीय परिषद सदस्यहरु चन्द्र खापुङहाङ्ग, हरि थापा, घनश्याम आले, सूर्य कुमार सारु र लीला लामालाई अर्थ विभागको सदस्यमा ल्याईएको छ । भातृ संगठनहरु राष्ट्रिय भूतपूर्व सैनिक संगठनको ईञ्चार्ज वरिष्ठ नेता डि.एन.थापा, राष्ट्रिय महिला मोर्चाको ईञ्चार्जमा स्थायी समिति सदस्य बुद्धश्री लामा, राष्ट्रिय युवा मोर्चाको ईञ्चार्ज स्थायी समिति सदस्य टेक बहादुर लामा र राष्ट्रिय आदिवासी जनजाति मोर्चाको ईञ्चार्ज संघीय परिषद सदस्य क्या.यम बहादुर बुढाथोकीलाई बनाईएको छ ।
केहि समय अघि ६ जनजाति दलहरुसंग एकिकरण भएपछि यस्तो हेरफेर गरिएको हो ।
रवि कुमार बुढा
