महिला महासंघ पनि अल्पसंख्यकको पोल्टामा

Read Time:3 Minute, 43 Second

काठमाण्डु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शान्ति जिरेल निर्वाचित भईन । महिला महासंघको छैटौं महाधिवेशनले अध्यक्ष पदमा जिरेललाई चयन गरेको हो । जिरेल जनजाति अल्पसंख्यक समुदाय हुन् । अध्यक्ष पदका लागि जिरेल र थारु कल्याणकारीकी फुलमती चौधरीबीच प्रतिष्पर्धा भएको थियो । नवनिर्वाचित अध्यक्ष जिरेल निर्वतमान सभासद् हुन् । यस अघि चितवनमा भएको आदिवासी जनजाति महासंघमा पनि अल्पसंख्यक समुदायका नरेन्द्र कुमालले जितेकाथिए । यसपटक महिला चुनावमा पनि महासचिव र अनुसन्धान तथा सूचना संचार सचिव बाहेक अरु अल्पसंख्यक समुदायबाट निर्वाचित भएकाछन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा बीना पहरी चयन भएकिछन् । महाधिवेशनले हिमाली उपाध्यक्षमा कुसुम भट्टचन, पहाडीमा सिर्जना प्रधान, तराई उपाध्यक्षमा मिना वराम लाई चयन गरेको छ । यसैगरी महासचिवमा गंगा खासु मगर, विभिन्न विभागिय सचिवहरुमा निर्मला भुजेल, सुमत्रा ताजपुरिया र अन्य दुईजना निर्वाचित भएकाछन् ।

 महाधिवेशनले पहाडी उपाध्यक्ष सिर्जना प्रधान र जनसम्पर्क तथा संगठन विस्तार सचिव निर्मला भूजेललाई निर्विरोध निर्वाचित गरेको हो । ३६ वटा विभिन्न जातिय महिला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनमा ३६ जना प्रतिनिधीहरुले मात्र भोट हाल्न पाउने ब्यबस्था गरिरहेको थियो ।

 जनजाति महिला महासंघको ११ सदस्यीय समितिका लागि भएको निर्वाचनमा अध्यक्ष एकजना, महासचिव एकजना, वरिष्ठ उपाध्यक्ष सहित चारजना उपाध्यक्ष, चार जना विभागिय सचिव, एकजना कोषाध्यक्ष र सदस्य पदका लागि निर्वाचन भएको थियो ।

 विहिबार राती अबेर सम्पन्न महाधिवेशनको भेलाले महासचिव सोनी लामा र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिका अध्यक्ष ङिमी शेर्पा लगायतले बधाई तथा शुभकामना दिएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका नवनिर्वाचित पदाधिकारीहरुको नामावली (सम्पर्क नम्बर सहित)

शान्ति जिरेल – अध्यक्ष

९७४१०५२२७४

बिना पहरी- वरिष्ठ उपाध्यक्ष

९८४१५१५०२९

 

कुसुम भट्टचन- उपाध्यक्ष (हिमाल)

९८४१३८७४१३

 

सिर्जना प्रधान- उपाध्यक्ष (पहाड)

९८५१०५३५२९

 

सुमित्रा ताजपुरिया – उपाध्यक्ष (तराई)

९८४२०९१२८५

 

गंगा खासु मगर- महासचिव

९८४१६५३८२८

 

श्रमिक लामा- अनुसन्धान तथा सूचना संचार सचिव

 ९८४१४४०७३७

 

लाक्पा दिकी शेर्पा- विदेश तथा परियोजना सचिव

९८४१६५७५१८

 

निर्मला भूजेल- जनसम्पर्क तथा संगठन सचिव

९८४१७९६८९२

 

मिना बराम – भाषा तथा संस्कृति सचिव

९८४११२३२१७

 

विन्दु माझी- कोषाध्यक्ष

९८४९४४०६७६

 

– आनन्द गुरुङ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %