बुद्धको अस्थिधातु दर्शनका लागि खुल्ला

Read Time:1 Minute, 31 Second

२८ असार, काठमाडौं

 भगवान गौतम बुद्धको  अस्थिधातु (शरिरको अंग-अस्तु) दर्शनका लागि आजबाट खुल्ला गरिएको छ । बौद्ध घ्याङ गुठीमा बौद्ध धर्मगुरुहरुबाट मन्त्रोच्चारण तथा बौद्ध स्तुपाको परिक्रमा गराएपछि तीन दिनका लागि बुद्धको अस्थि धातु दर्शन खुल्ला गरिएको हो ।

  श्रीलंकाको  टेप्पल अफ ट्रुथले उपलब्ध गराएको भगवान बुद्धको अस्थिधातुलाई नेपालका लागि श्रीलंकाली राजदुत डब्लु. एम. सिनेविराथन तथा थाइल्याण्डका राजदुतले धर्म गुरुहरुको साथमा बौद्धनाथ स्तुपा परिक्रमा गराएका  थिए । वुद्धको  अस्थिधातु बौद्ध स्तुपामा रहेको लाखाङ गुम्बामा राखिएको छ । घ्याङ् गुठीका टिका शेर्पाले आज देखि आइतबार सम्म  बिहान ८ बजे देखी बेलुका छ बजे सम्म दर्शनार्थीहरुको लागि अस्थिधातु दर्शन गर्ने व्यवस्था गरिएको जानकारी दिए । अस्थिधातु बुद्धको शरिर अग्निले जलाएपछि बांकी रहेको भाग हो । नेपालमा हालसम्म यो स्वयंभु स्तुपामा मात्र रहेको थियो ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %